coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सरसफाइ भए सुन्दर हुन्छ सहर

केकी अधिकारी 

तपाईलाई सबैभन्दा मनपर्ने सहर कुन हो ?
मलाई सबैभन्दा बढी अष्ट्रेलियाको मेलबर्न मन पर्छ । त्यो एकदमै व्यवस्थितर र मनमोहक छ । हाम्रो देशमा त्यस्तो सहर छैन । नेपालका सहरमध्ये मनपर्ने पोखरा हो । यदी सहरको सरसफाई, बाटोघाटो, पार्क, ट्राफिक व्यवस्थापन राम्रो हुन्छ भने सहर यत्तिकै सुन्दर बन्छ । 

काठमाडौं कसरी राम्रो बन्ला ? 
अरु देशका सहरसँग तुलना गर्दा काठमाडौं फोहोर र अव्यवस्थित लाग्छ । यहाँ जनसंख्या वृद्धि, फोहोर र अग्ला अव्यवस्थित भवनहरुले काठमाडौंलाई कुरुप बनाएको छ । सरकारले सहरलाई सुन्दर बनाउने मापदण्ड त ल्याएको छ तर कार्यान्वयन भएको छैन ।

उपत्यकाको सबैभन्दा मनपर्ने र मन नपर्ने कुरा के हो ?
मलाई उपत्यकाको मनपर्ने कुरा यहाँका पूराना मठ मन्दिर हुन् । यसो फुर्सद हुनेबित्तिकै म मठमन्दिरको अवलोकन गर्छु । मन्दिर क्षेत्रमा घुम्दा आनन्दको अनुभुति हुन्छ ।  

केहि समयको लागि काठमाडौंको मेयर भए के गर्नुहुन्थ्यो ?
मैले काठमाडौंको जनसंख्या हेरेर नयाँ कार्य योजनाहरु ल्याउँछु । यहाँको धुवाँधुलो, प्रदुषण, सरसफाइ, सडक निर्माण कार्यलाई केन्द्रमा राखेर योजनाहरु बनाउन्छु ।

प्रकाशित: १९ जेष्ठ २०७४ ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App