coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

डी सिने अवार्डमा 'छक्का पञ्जा'को दबदबा

अशोक सुजन श्रेष्ठ

हेटौंडा— नवौं डी सिने अवार्डको सबैभन्दा बढी बिधामा चलचित्र छक्का पञ्जा मनोयनमा पर्न सफल भएको छ। अवार्डको २९ विधामध्ये उत्कृष्ट चलचित्र सहित अभिनेत्री, नव निर्देशक, पटकथा, सम्वाद, सम्पादक, संगीतकार, नृत्य निर्देशक, गायक÷गायिका, खलपात्र, हाँस्यकलाकार लगायत २० विधामा छक्का पञ्जा परेको हो।

अवार्ड आयोजक छायाँछवी क्रिएशनले हेटौंडामा पत्रकार सम्मेलन गर्दै उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेको हो। १३ विधा सहित धेरै बिधामा मनोनयनमा पर्नेमा दोश्रो चलचित्र गाजलु भएको छ। गाँजलु उत्कृष्ट चलचित्र सहित कथा, नव नायिका, निर्देशक, पटकथा, सम्वाद, सम्पादक, चरित्र अभिनेत्री, छायाँकार लगाएतको बिधामा पर्न सफल भएको छ।

छायाँछवी क्रियशनका अध्यक्ष शान्तिप्रियले  नेपाली चलचित्रमा नयाँपन भित्र्याउनेमा आफू विश्वस्त रहेको बताए। अवार्ड बितरण कार्यक्रममा नेपालका चर्चित करिब एक सय ५० कलाकार हेटौंडामा आउने उनले जनाए। १५ लाख रुपैँया लाग्ने अनुमान गरिएको कार्यक्रमको ८ औँ संस्करण पोखरामा गरिएको थियो।

चलचित्रहरु लुट–२ ले ११ विधा, जात्राले दश विधा, पुरानो डुंगा नौ, निर्भय छ विधा तथा जंगे, के म तिम्रो होइन र, दर्पण छायाँ–२, बीरविक्रम र किस्मत–२ पाँच÷पाँच विधाका मनोयनमा परेका छन्।

चलचित्र लप्पन छप्पन, द वीनर, लालजोडी र छायाँ चार÷चार विधामा परेका छन्। चलचित्र जय पर्शुराम, तीन घुम्ती, झुम्की र ब्रासलेट, म त तिम्रै हुँ तीन÷तीन विधाको मनोयनमा अटाएका छन्। चलचित्र उमंग, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, नमस्ते नेपाल, मेरो देश र लुकामारी, बाजीगर दुई÷दुई विधामा पर्न सफल भए।

अवार्डमा सहभागी भएका ५५ चलचित्रमध्ये ३४ वटाले मनोयनको उत्कृष्ट पाँचमा स्थान बनाए। वर्ष २०७३ मा ८६ नेपाली चलचित्र प्रदर्शनमा आएका थिए। छायाछवी क्रियशनले असार २२ गते हेटौंडामा आयोजना गर्ने कार्यक्रममा अवार्ड बितरण गरिने जनाईएको छ।

अवार्डले कलाकारदेखि प्राबिधिकलाई हौसला प्रदान गर्ने बताउँदै छायाँछवी क्रियशनका अध्यक्ष शान्तिप्रियले  नेपाली चलचित्रमा नयाँपन भित्र्याउनेमा आफू विश्वस्त रहेको बताए। अवार्ड बितरण कार्यक्रममा नेपालका चर्चित करिब एक सय ५० कलाकार हेटौंडामा आउने उनले जनाए। १५ लाख रुपैँया लाग्ने अनुमान गरिएको कार्यक्रमको ८ औँ संस्करण पोखरामा गरिएको थियो।

अवार्ड निर्णायक मण्डलमा लेखक तथा निर्देशक मोहन निरौलाको संयोजकत्वमा सञ्चारकर्मी एवम् निर्देशक विजयरत्न तुलाधार, डब्बु क्षेत्री, संगीतकार सन्तोष श्रेष्ठ र नेपालकै प्रथम महिला सिनेमाटोग्राफर शवनम मुखिया रहेका छन्।

संगीतकार सन्तोष श्रेष्ठले निष्पक्ष तरिकाले चलचित्र हेरेर मूल्याङ्कन गरेको दाबी गरे। अवार्ड बितरण बिवाद रहित नभएकोमा दुःखेसो पोख्दै उनले रचनात्मक टिप्पणी गर्न आग्रह गरे। अवार्डका सल्लाहकार एवम् चलचित्र निर्माता संघका उपाध्यक्ष नरेन्द्र महर्जनले अवार्ड कार्यक्रम महत्वपूर्ण रहेको भन्दै भव्य र सभ्य रुपमा सफल पार्ने जनाए।

कुन चलचित्रबाट को को परे ?
उत्कृष्ट पाँच चलचित्रमा छक्का पञ्जा, जात्रा, गाँजलु, लुट २ र पुरानो डुङ्गा पर्न सफल भएका छन् । उत्कृष्ट अभिनेत्रीको अवार्डका लागि छक्का पञ्जाबाट प्रियंका कार्की, तीन घुम्तीबाट गरिमा पन्त, पुरानो डुङ्गाबाट मेनुका प्रधान, झुम्कीबाट रिश्मा गुरुङ र किस्मत–२ बाट शिल्पा पोखरेल बिच प्रतिष्पर्धा हुने भएको छ ।

पर्न सफल भएका छन् । उत्कृष्ट पाँच अभिनेतामा  बीरबिक्रमबाट दयाहाङ राई, निर्भयबाट निखिल उप्रेती, जात्राबाट बिपिन कार्की, पुरानो डुङ्गाबाट माओत्से गुरुङ र लुकामारीबाट सौगात मल्ल छानिएका छन् ।
उत्कृष्ट निर्देशकमा हेमराज बिसी (गाँजलु), निश्चल बस्नेत (लुट २), रामबाबु गुरुङ (पुरानो डुङ्गा), मिलन चाम्स (बीरबिक्रम) र मधुसुधन भट्टराई (निर्भय) पर्न सफल भएका छन्।

प्रकाशित: २१ जेष्ठ २०७४ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App