८ वैशाख २०८१ शनिबार
प्रवास

विद्युतिय नागरिक वडापत्र राख्ने नेपाली दूतावास युएई पहिलो

युएई -  युएईमा कार्यरत नेपालीहरु तथा सेवाग्राहीको सेवा सुविधालाई ध्यानमा राख्दै  नेपाली राजदूतावास युएईले विद्युतिय नागरिक वडापत्र राखेको छ ।

 दूतावासले आफ्नो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा, सुविधाहरुको प्रक्रिया र विधि बारे सेवाग्रहीहरुलाई सहज तरिकाले सूचना प्रवाह गर्न विद्युतिय नागरिक वडापत्र राखेको हो।

यसरी सेवाग्राहीलाई ध्यान दिदै विद्युतिय नागरिक वडा पत्र राख्नेमा  नेपाली दूतावास युएई पहिलो रहेको दूतावासले जनाएको छ।

जेठ २१ गतेबाट दूतावास भित्रको प्रतीक्षालयमा राखिएको उक्त वडापत्रमा दूतावासको सम्पर्क विवरण , सेवा र शुल्कको विवरण , नेपाली कागज प्रमाणीकरणको प्रक्रिया , डकुमेन्ट एटेस्टेसन , भिसा र एमआरपी सम्वन्धि जानकारीको डिजिटल डिस्प्ले राखिएको छ ।

त्यसैगरी दुर्घटनाबाट बच्न अपनाउनुपर्ने सावधानीहरु , लागुऔषध र मदिरा सेवन नगरौं भन्ने सन्देशहरु , युएईमा ल्याउन र लैजान निषेध गरिएका वस्तुहरु बारेको जानकारी समेत पाउन सकिन्छ । त्यस्तै सामाजिक संजालको प्रयोगमा ध्यान दिनुपर्ने कुराहरु लगायत अन्य महत्त्वपूर्ण सन्देशहरुको अडियो , भिडियो राखिएको छ ।

दूतावासले यस अघि आफ्नो वेबसाईट  फेसबुक पेज , ट्विटर एकाउन्ट तथा सूचना पाटी मार्फत सेवाग्राहीलाई सूचना प्रवाह गर्दै आएको थियो।

 

प्रकाशित: २२ जेष्ठ २०७४ १३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App