८ वैशाख २०८१ शनिबार
कला

मिहिनेत र भाग्यले म मिस नेपाल : निकिता चाण्डक (अन्तर्वार्ता)

मिस नेपाल निकिता चाण्डक।

बलिउड हिरोइन दीपिका पादुकोणजस्तै देखिने मिस नेपाल निकिता चाण्डक फेसनकी विद्यार्थी हुन्। मोरङको उर्लाबारी स्थायी घर भएकी ५ फिट साडे ९ इञ्ज उचाइकी मिस नेपाल चान्दकसँग नागरिकन्युजका लागि स्मृति ढुंगानाले गरेको कुराकानीः

 

भारतका विभिन्न मोडलिङ र्‍याम्प शोमा देखिइसक्नु भएकी तपाइँलाई मिस नेपालसम्मको यात्रालाई कसरी हेर्नुहुन्छ?

ग्ल्यामर क्षेत्रमा अहिलेको सफलताका लागि मैले धेरै संघर्ष गरेकी छु। अध्ययनको सिलसिलामा भारतमा हुँदा धेरै मोडलिङ एजेन्सीहरुबाट रिजेक्ट भएँ। गतवर्ष नेपालमा आयोजना भएको नेपाल फेसन विकमा सहभागी हुँदा मिस नेपालबारे बुझ्ने अवसर मिल्यो। संयोगले मिस नेपालको आवेदन खुलेको थाहा पाएपछि आवेदन दिएकी थिएँ। लामो समय भारतमा बसेको हुँदा मेरो नेपाली पासर्पोट हेरेपछिमात्र मिस नेपालमा सहभागी हुनको लागि छनोट गरिएको थियो। मेरो मेहेनत र मोडलिङ करिअरले मिस नेपालको उपाधि जित्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ जस्तो लाग्छ। संघर्षले नै मलाई यहाँसम्म ल्याइ पुर्‍याएको हो।

मिस नेपालको प्रतियोगी भएर क्लोजक्याम्प र तालिममा सहभागी भइरहँदा उपाधि जित्छु जस्तो लागेको थियो?

नेपालभरिबाट मिस नेपालका लागि छनोट भएका १९ प्रतियोगिहरु उत्तिकै ट्यालेन्ट र उत्कृष्ट थिए। बाहिर बसेर मिस नेपालको प्रतियोगिहरुको मूल्यांकन गर्नु जति सजिलो छ प्रतियोगी आफैँ भएर त्यसको मूल्याङ्कन गर्न त्यतिकै गाह्रो छ। जित्छु भनेरै प्रतिस्पर्धामा सहभागी हुने हो तर निश्चितै त को हुन्छ र।

लामो समय भारतमा बसेको हुँदा मेरो नेपाली पासर्पोट हेरेपछिमात्र मिस नेपालमा सहभागी हुनको लागि छनोट गरिएको थियो।

मिस नेपाल घोषित भइसकेपछि कस्तो लाग्ने रहेछ?

मिस नेपाल प्रतियोगितामा सहभागी सबैको लागि मिस नेपाल एउटा सपना हो। प्रशिक्षण अवधिभरी हामीले पाएको ज्ञानले मिस नेपालको उपाधी जित्न सहयोग गर्‍यो जस्तो लाग्छ। जब मिस नेपाल २०१७ को रुपमा मेरो नाम बोलाइयो एकछिन सबै शून्य लाग्यो।

पछिल्लो समय अधिकांश मिस नेपालहरु नेपाली फिल्ममा प्रवेश गरेका छन्। तपाईको योजना के छ?

मेरो हिरोइन बन्ने रहर पुरानै हो। तर अभियनका लागि सिक्नु पर्नेहुन्छ त्यो चाहिँ मैले भ्याएकी छैन। मिस नेपालको एकवर्षे कार्यकाल सिध्याएलगत्तै अभिनयतिर लाग्ने तयारीमा छु। एक वर्षमा सामाजिक विषयमा केन्द्रित भएर सक्रिय हुनेछु। मिस नेपालको प्ल्याटर्फमले जिम्मेवारी समेत थपिदिएको छ।

मोडलिङ करियरले मिस नेपालको जित्न कतिको मद्दत गरेजस्तो लाग्छ?

करिब तीन वर्ष मोडलिङ करियरमा सिकेका कुराहरु मिस नेपालको प्रशिक्षणको दौरान काम लागेको थियो। र्‍याम्प मोडलिङले आत्म विश्वास बलियो बनाइदिएको थियो। समग्रमा मोडलिङ करियर मला

हरेकपटक मिस नेपालको घोषणा हुँदा कुनै जातीय समुदायलाई लिएर केन्द्रित रहने विवादबारे तपाइँको बुझाइ के छ ?

मिस नेपालको उपाधि जितेपछि सामाजिक सञ्जालमार्फत मैले पनि यो विवादबारे जानकारी लिने अवसर पाए। यो कुराले मलाई दुःखी तुल्यायो। कारण मिस नेपाल उपाधिका पछाडि मेरो ठूलो योगदान छ, मेहेनत र परिश्रम छ। त्यस्ता टिप्पणीप्रति प्रतिक्रिया दिइरहन आवश्यक नहोला। क्षमता, मिहिनेत र भाग्यको परिणामस्वरुप मिस नेपालको ताज मेरो शिरमा आइपुगेको हो।

कारण मिस नेपाल उपाधिका पछाडि मेरो ठूलो योगदान छ, मेहेनत र परिश्रम छ। त्यस्ता टिप्पणीप्रति प्रतिक्रिया दिइरहन आवश्यक नहोला। क्षमता, मिहिनेत र भाग्यको परिणामस्वरुप मिस नेपालको ताज मेरो शिरमा आइपुगेको हो।

मिस नेपाल भएपछि गर्ने कामबारे के के योजना बनाउनु भएको छ?

मिस नेपालको एक वर्षे कार्यकाल सामाजिक गतिविधिमार्फत युवा सशक्तिकरण खर्चिनेछु। यसअघि विभिन्न च्यारिटी कार्यक्रममा सहभागी भइसकेको छु। त्यसैले द हिडन ट्रेजरले दिएको जिम्मेवारी राम्रोसँग निर्वाह गर्न मलाई गाह्रो नहोला। सामाजिक काममै सक्रिय हुनेछु।

मिस वर्ल्ड तयारीबारे के योजना बनाउनु भएको छ ?

अबको मेरो लक्ष्य भनेको मिस वर्ल्ड नै हो। नेपालको प्रतिनिधित्व गरेर मिस वर्ल्डमा सहभागी भएर उत्कृष्ट परिणाम निकाल्न प्रयासरत रहनेछु। त्यसको तयारीमा ध्यान केन्द्रित गर्नुपर्ने छ।

रिलेसनसिप स्ट्याटस्?

सिगंल।

सामाजिक सञ्जालमा कतिको चलाउनुहुन्छ ?

फेसबुक, भाइबर, इन्स्टा र ह्वाट्सएप प्रयोग गर्छु। सक्रिय प्रयोगकर्ता चाहिँ म हुन सकेकी छैन। गतिविधिको जानकारी लिन मनिटरिङ गर्छु।

तपाइँ मिस नेपाल घोषित हुँदै गर्दा सामाजिक सञ्जालमा भारतीय नागरिक भनेर प्रचार भयो नि…

म मोरङको उर्लाबारीमा जन्मिएकी हुँ। मारवाडी परिवारमा हुर्किएको र भारतमा अध्ययन गर्दै आएको हुनाले मान्छेलेहरुले यसलाई इश्यु बनाएका होलान्। मेरा पुर्खाहरु नेपाल आएर व्यवसायमा हात हाल्नुभएको थियो। राजस्थानबाट स्कुलिङ सिध्याएपछि म बेङ्लोरमा फेसनसम्बन्धी अध्ययन गरिरहेको छु।

भारतको र्‍याम्प मोडलिङमा काम गर्दा डिप्रेसनमा पुग्नुभएको थियो। त्यसबाट कसरी डिप्रेसनबाट छुट्कारा पाउनुभयो?

मोडलिङ क्षेत्र असफल भइरहँदा मेरा लागि त्यो एउटा अँध्यारो समय रह्यो। रान्डा वर्नद्वारा लिखित अध्ययन गरेँ। त्यसले मलाई नयाँ शैलीले करिअर सुरु गर्न प्रोत्साहित गर्‍यो। मैले आफूलाई पुनः सशक्तिकरण गर्दै मिस नेपालको यात्रा तय गरेकी हुँ।

प्रकाशित: २६ जेष्ठ २०७४ ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App