८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बेलायतमा त्रिशंकु संसद, प्रधानमन्त्री मेले बहुमत गुमाइन

लन्डन- बेलायतमा बिहीवार भएको आम निर्वाचनपछि प्रधामन्त्री टरिजा मेले नेतृत्व गरेको सत्तारुढ कन्जरभेटिम पार्टीले बहुमत गुमाएको छ। बेलायतले यूरोपियन युनियनबाट बाहिरिने प्रकृयालाई थप बल पुर्‍याउने आकांक्षासहित उनको बहुमतको सरकार मध्यावधि निर्वाचनमा होमिएकी प्रधानमन्त्री मेलाई ठूलो धक्का लागेको छ।

निर्वाचनको पछिल्लो नतिजाअनुरुप सत्तारुढ कन्जरभेटिभ पार्टीले ३ सय १८ सिटसहित पहिलो दलमा समिति रहेको छ। कन्जरभेटिभ पार्टीले गत निर्वाचनमा ल्याएको मध्य १२ सिट गुमाएको छ। बेलायतको संसदमा रहेको ६ सय ५० सिटमध्ये विपक्ष दल लेवरले संसदमा आफ्नो उपस्थितिलाई सुधार गरेको छ। उसले गत निर्वाचन भन्दा २९ थप सिट हासिल गर्दै २ सय ६१ ल्याएर दोस्रो दलमा बनेको छ। तेस्रो दल स्कटिस नेशनल पार्टीले गतनिर्वाचनमा प्राप्त गरेको २१ सिट गुमाएर ३५ सिटमा समिति रहेको छ। चौथो पार्टी लिभरल डेमेक्रयाट पार्टीले यसअघिको निर्वाचनमा सुधार गर्दै १२ सिट प्राप्त गरेको छ। नरर्दन आयारल्याण्डको डेमेक्रयाटिक युनियस्ट पार्टी (डियूपी) ले १० सिटको सफलता हात पार्दै सरकार निमार्णको कि मेकर बनेको छ।

पछिल्लो निर्वाचनको परिणाम पछि बहुमतको सरकार बनाउन आवश्यक ३ सय २६ सिट कुनै दलको पनि पुर्‍याउन नसकेपछि गठबन्धन सरकार बन्ने निश्चित भएको हो । बहुमत गुमाएकी प्रधानमन्त्री मेले राजिनामा दिने आकंलन गरिए पनि प्रधानमन्त्रीको कार्यालयले मेले राजिनामा गर्ने कुनै मनस्थितमा नपुगेको जनाएको छ भने विपक्ष दल लेवरले प्रधानमन्त्री मेले तत्काल राजिनामा दिनुपर्ने माग गरेको छ। प्रधानमन्त्री मेले आजै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अनुमतिका लागि वेलायती महारानी समक्ष भेट गर्दैछन्।

 

प्रकाशित: २६ जेष्ठ २०७४ ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App