८ वैशाख २०८१ शनिबार
कला

नेपाल भाषामा जेन्टलम्यान बन्ने

काठमाडौं—सुखावति मल्टी प्रोडक्सनको ब्यानरमा नेपालका भाषाका प्रख्तया निर्देशक तथा कलाकार सुरेन्द्र तुलाधरको कथा तथा निर्देशनमा नेपालभाषाको चलचित्र 'जेन्टलम्यान' बन्ने भएको छ।

शनिश शाक्य, अशिष्मा नकर्मी, सलोना बज्राचार्य, एनी महर्जन, एक्रिना बल्लको मुख्य भूमिका रहने उक्त चलचित्रको पोष्टर अनावरण गत शनिबार काठमाडौंको खुशसिबुस्थित प्याराडाइज बैंक्वेटमा भयो।

उक्त कार्यक्रममा सुखावति मल्टी प्रोडक्सनको आयोजनामा नेपालभाषाका कलाकारबीच भएको मैत्रीपूर्ण फुटसलका विजेतालाई गोल्ड मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो। फुटसल प्रतियोगितामा नायिका अशिष्मा नकर्मीको टोली प्रथम, भिंतुना जोशीको टोली द्वितिय र पल्पसा डंगोलको टोली तृतीय भएको थियो। पुरुषतर्फ मोहन व्यञ्जनकारको टोली प्रथम, धीरेन शाक्यको टोली द्वितिय र राजुभाइ सुवालको टोली तृतीय भएको थियो।

प्रकाशित: २६ जेष्ठ २०७४ १४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App