coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

नेपाली परिकार बेचेर जापानमा भूकम्प पीडितलाई सहयोग

काठमाडौं – जापानको निगातामा बस्दै आएका नेपाली महिलाहरुले नेपाली परिकार बेचेर जापानका भूकम्प पीडितहरुका लागि रकम संकलन गरेका छन्। कुक फर कुमामोतो कार्यक्रममा सहभागी भएर महिलाहरुले ६५ हजार येन संलकन गरेका हुन्।

गत महिना जापानमा गएको शक्तिशाली भूकम्पले ठूलो धनजनको क्षति गरेको थियो। नेपाली पोकाशमा सजिएका नेपाली महिलाहरुले सेलरोटी, समोसा, आलू जिरा, निम्की र चिया बिक्री गरेका थिए।

'नेपाल भूकम्प जाँदा पनि जापान सरकार नभै जापानी जनताले पनि सक्दो सहयोग गर्नु भएको थियो, ' कार्यक्रममा सहभागी सपना खरेलले नागरिकसँग भनिन्, 'हामीले पनि यहाँका भूकम्प पीडितहरुलाई सहयोग गरेका हौं।'

यसअघि जापानमा रहेका नेपालीहरुले भूकम्प प्रभावित क्षेत्रमै पुगेर पीडितहरुलाई दाल भात सहितका नेपाली परिकार खुवाएका थिए।

 

प्रकाशित: ४ असार २०७३ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App