६ वैशाख २०८१ बिहीबार
अन्य

बेहाल लेले-चन्दनपुर सडक

बटुवादेखि मोटरसाइकल चालकसम्म धुलाम्मे हुन्छन्। सडक आसपासमा दिउँसै रात परेजस्तै हुन्छ। धुलोकै कारण व्यापारी सटर खोल्न छाडिसकेका छन्। स्थानीयवासी रुखाघोकी र स्वाशप्रश्वास सम्बन्धी रोगले ग्रस्त हुन थालेका छन्।

ललितपुरको दक्षिणी लेले–चन्दनपुर सडकमा धेरैले भोग्ने समस्या हुन् यी। सडकको अवस्थाले स्कुल बसमा ओहोरदोहोर गर्ने यात्रु र विद्यार्थी बढी मारमा परेका छन्। तर, दैनिकजसो यात्रा गर्ने दक्षिण ललितपुरका हजारौं यात्रुलाई मर्का परिरहँदा समेत जिम्मेवार निकायले सडक मर्मतमा भने वास्ता गरेका छैनन्।

२० वर्षअघि भौतिक योजना तथा पूर्वाधार निर्माण मन्त्रालयले गरेको कालोपत्रे भत्किएपछि स्थानीयको माग अनुसार समितिले रकम छुट्याएको हो। तर, रकम छुट्याउन थालेको तीन वर्षमा पनि जिविसले सम्बन्धित क्षेत्रमा बजेट खर्च गर्न नसकेको स्थानीयको गुनासो छ।

सडक मर्मतमा विनियोजन रकम भने तीन वर्षदेखि फ्रिज हुँदै आएकोे छ। स्थानीयले पटक–पटक सडक मर्मत गर्न साविकको जिल्ला विकास समिति ललितपुरसँग माग गरेपछि तीन वर्ष अघिदेखि समितिले प्रतिवर्ष २० लाख रकम छुट्याउँदै आएको थियो।

२० वर्षअघि भौतिक योजना तथा पूर्वाधार निर्माण मन्त्रालयले गरेको कालोपत्रे भत्किएपछि स्थानीयको माग अनुसार समितिले रकम छुट्याएको हो। तर, रकम छुट्याउन थालेको तीन वर्षमा पनि जिविसले सम्बन्धित क्षेत्रमा बजेट खर्च गर्न नसकेको स्थानीयको गुनासो छ। करिब २३ किलोमिटर लामो यो सडक दक्षिण ललितपुरका लेेले, नल्लु, भारदेउ, चौघरे, मानिखेल, गोटीखेल, चन्दनपुरलगायत गाविस जोेड्ने मुख्य मार्ग हो।

जिविसले सडक मर्मतमा विनियोजन गरेको रकम राजनीतिक भागबण्डा नमिल्दा खर्च हुन नसकेको ललितपुर मानिखेलका किशोर तामाङको आरोप छ। 'सडक मर्मतमा बजेट छुट्याइएको छ। तर, त्यो रकम कहाँ र कसरी खर्च भएको छ स्थानीयलाई जानकारी नै छैन,' उनी भन्छन्।

जिल्ला विकास समिति ललितपुरका योजना शाखा प्रमुख रमेश रेग्मीले सडक मर्मतका लागि सम्झौता हुने पक्रियामा रहेको बताए।

प्रकाशित: २९ जेष्ठ २०७४ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App