coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रविधि

ब्राजिलमा ह्वाट्स एप तेस्रो पटक प्रतिबन्धित

रियो दि जेनेरीयो– ब्राजिललको एक अदालले  ह्वाट्स एपलाई आफूहरुले एक अपराधिक घटनाको अनुसन्धानका लागि माग गरेको  जानकारी नदिएको भन्दै उक्त एपलाई केही क्षण प्रतिबन्ध लगाएको छ ।

पछिल्लो दुई वर्षमा उक्त  एपलाई ब्राजिलको अदालातले प्रतिबन्ध लगाएको यो तेस्रो पटक हो। यसै वर्षको मे महिनामा पनि सोही अदालते उक्त एपमा प्रतिबन्ध लगाएको थियो। तर, ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश रिकार्डो लेभेन्डोस्किले भने यो कदम गलत भएको भन्दै तत्काल उक्त एप माथिको प्रतिबन्ध हटाउन आदेश दिएका थिए।

यता ह्वाट्स एपले भने ब्राजिल सरकारले एक आपराधिक घटनाको अनुसन्धानका लागि माग गरेको जानकारी आफूहरुसँग नभएको बताउँदै आएको छ। ह्वाट्स एपका प्रवक्ताले भने, ‘हामीले पहिले पनि भनिसकेका छौं कि हामी कसैको व्यक्तिगत जानकारी दिन सक्देैनौ भनेर, यस्तो जनाकारी दिनु भनेको उनीहरुमाथिको अन्याय हो।

अदालतले लगाएको प्रतिबन्धका विरुद्धमा उक्त एपका प्रयोगकर्ताहरुले सामाजिक संजाल ट्व्टिरमा अक्रोस पोखेका थिए।

 

प्रकाशित: ५ श्रावण २०७३ ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App