coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सडक सफा गर्न १८ करोड

काठमाडौं – काठमाडौं महानगरपालिकाले सडक सफा गर्नको लागि १८ करोड खर्च गर्ने तयारी गरेको छ । सडक पखाल्नको लागि तीन प्रकारका मेसिन खरिद गर्न १८ करोड खर्च गर्न लागेको हो।

सडक बर्डाने कुचो (ब्रुमर), सडक पखाल्ने जेट मेसिन र सडक किनारका रुख वरपर सार्ने  मेसिन ट्रि टान्सप्लान्ट खरिद गर्नको लागि अर्थ मन्त्रालयबाट ९ करोड र महानगपालिकाबाट ९ करोड गरेर १८ करोड खर्च गर्न लागेको छ।

उपत्यकाको सडकमा धुलैधुलो भएको गुनासो चौतर्फी आएपछि सडक सफा गर्नको लागि मेसिन खरिद गर्ने तयारी महानगरपालिकाले थालेको हो । यसअघि दमकलमा पानी बोकेर रातीको समयमा सडक पाखाल्ने काम थालेपनि निरन्तर भने दिन सकेन्।

पहिलो चरणनमा बजेटले पुगेसम्म ब्रुमर ३ वटा, जेट मेसिन ३ वटा र ट्रि ट्रान्सप्लान्ट मेसिन एउटा खरिद गर्न लागेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

करिब ३ महिनाअघि महानगरपालिकाको कार्यकारी प्रमुख बनेर आएका ईश्वरराज पौडेलले पनि मेसिन खरिदको योजना अघि सारेका थिए । स्थानीय तहको चुनावबाट नयाँ जनप्रतिनिधि आएसँगै मेसिन खरिद प्रक्रिया तिव्र रुपमा अघि सारिएको स्रोतले जनायो ।

महानगरपालिका सहरी तथा भौतिक पूर्वधार विभाग र पुल्चोक क्याम्पसको मेकानिकल इन्जिनियरिङको विभाग प्रमुखको टिमले उपत्यकाका सडकमा कस्तो मेसिन आवश्यक छ भनेर अध्ययन गरिरहेको छ । ‘उपत्यकाका सडकको अवस्था नियालेर कस्तो प्रकारको मेसिन उपयुक्त हुन्छ भनेर समितिले अध्ययन गरिरहेको छ,’ प्रवक्ता कार्कीले भने, ‘समितिको प्रतिवेदन लगातै मेसिन खरिद प्रक्रिया थालिनेछ ।’ उनका अनुसार चाँडै नै समितिको प्रतिवेदन आउने र चाँडै नै मेसिन खरिद प्रक्रिया अघि बढ्नेछ ।

महानगपालिकाभित्रको वातावरण सफा राख्ने जिम्मेवारी भएपनि स्रोत साधन तथा जनशक्ति नभएको भन्दै सहर धुलाम्मे हुँदा समेतले केही गरेको थिएन् । मेसिन आएपछि बु्रमर बढारने र जेट मेसिनले सडक पखालेर उपत्यकालाई सफा र सुन्दर  बनाउने लक्ष्य महानगरको छ । 

महानगरभित्र ठूला सानो गरेर करिब १ हजार ५ सय रहेको तथ्यांक छ ।

प्रकाशित: ३१ जेष्ठ २०७४ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App