१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दबंग—३ मा सोनाक्षीको सट्टा परिणिती !

मुम्बई— निर्देशक कबिर खानको फिल्म ‘ट्युवलाइट’ मा दबंग स्टार सलमान खान शुटिङको तरखरमा रहेको खबर भारतीय संचार माध्यमा आइरहेका छन्।  उनले उक्त फिल्मपछि आफ्नो हिट फिल्म दबंगको तेस्रो सिक्बेल अर्थात दबंग —३ को सुटिङ गर्ने पनि चर्चा चलिरहेको छ।
तर हाल दबंग–३ मा सोनाक्षी सिन्हाको सट्टा परिणिती चोपडालाई साइन गर्न लागेको खबरले चर्चा बटुलेको छ ।

भारतीय अखबारले जनाए अनुसार सोनाक्षीले अरबाज खानको फिल्म ‘डाँली की डाँली’ खेल्न अस्विकार गरेको तथा सलमान र सोनाक्षीको सम्बन्ध पनि हाल राम्रो नभएका कारण उनको स्थानमा परिणितीलाई साइन गर्न लागेको बताइएको छ।

संचारमाध्यमले सलमान पनि सोनाक्षीसँग दबंगमा खेल्ने मुडमा नभएको उल्लेख गरेका छन्। अरबाजले फिल्मको ‘रज्जो’ को अभिनयका लागि परिणिती ठिक रहेको बताएको र सलमानले पनि यसमा सहमति जनाएकाले छिट्टै परिणितीसँग साइन गर्न लागेको  संचारमाध्यमले उल्लेख गरेका छन्।

 

प्रकाशित: ५ श्रावण २०७३ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App