अन्तर्वार्ता

थरुहट, मधेस र लिम्बुवानमा पनि असोज २ गते चुनाव : राजेन्द्र महतो

शुक्रबार, ०२ असार २०७४, ०७ : ३७ नागरिक


सरकारले २ नम्बर प्रदेशको चुनाव असोज २ गर्ने निर्णय गरेको छ। यो निर्णयबारे तपार्इंको धारणा के छ?

२ नम्बर प्रदेशमा मात्र चुनाव सारेर हुँदैन। लिम्बुवान, थरुहट र मधेसका सबै ठाउँमा चुनाव मिति सार्नुपर्छ र असोज २ गते चुनाव गर्नुपर्छ। २ नम्बर प्रदेशमा मात्र चुनाव सार्ने निर्णय हामीलाई मान्य छैन।

हामी २ नम्बर प्रदेशका लागि मात्र नभई मधेस, थरुहट तथा लिम्बुवानको  अधिकारका लागि लडेका हौं । त्यसैले मधेस, थरुहट तथा लिम्बुवान क्षेत्रमा पनि चुनाव सर्नुपर्छ।

चारवटै प्रदेशमा असोज २ मा चुनाव गर्नुपर्छ भन्नुभएको हो?

हामी अरू जान्दैनौं। थरुहट, मधेस तथा लिम्बुवान क्षेत्रमा असोज २ मा चुनाव हुनुपर्छ ।

संविधान संशोधन भएन भने असोज २ मा हुने चुनावमा तपार्इंहरू सहभागी हुनुहुन्छ?

संविधान संशोधन हुनुपर्ने, स्थानीय तहको संख्या वृद्धि हुनुपर्ने, तराईमधेसमा भएको आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने, मृतकलाई सहिद घोषणा हुनुपर्ने लगायतका माग हामीले उठाएका छौं। यी माग पूरा नभएसम्म हामी चुनावमा जाँदैनौं। यसैगरी झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चपुरको समस्या समाधान हुनुपर्छ।

असोज २ को चुनावमा पनि जाने–नजाने प्रस्ट छैन, होइन?

हाम्रो माग पूरा नभएसम्म हामी चुनावमा जाँदैनौं।

तपार्इंहरूले यसअघि घोषणा गरिएको आन्दोलनका कार्यक्रम फिर्ता लिनुहुन्छ कि हुँदैन?

हामी आन्दोलनका कार्यक्रम फिर्ता लिन्नौं। झनै सशक्त आन्दोलनका कार्यक्रम ल्याउँछौं।

 तपार्इंहरूसँग सल्लाह गरेरै सरकारले चुनाव मिति सार्ने निर्णय गरेको थियो, होइन?

चुनाव मिति सार्नेबारे हामीसँग सल्लाह भएको थिएन। त्यसैले यसमा हाम्रो सहमति छैन। कतै सार्ने कतै नसार्ने निर्णय हामीलाई मान्य छैन।

असार १४ गतेको चुनावमा तपाईंहरूले भाग लिनुहुन्छ कि हुँदैन?

असार १४ गतको चुनावमा किन भाग लिने? भाग नलिने प्रस्ट भनिसकेका छौं।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्वास्थ्यका कारण कार्यक्रममा आउन सकिन: मार्समेलो

स्वास्थ्यका कारण कार्यक्रममा आउन सकिन: मार्समेलो

अन्तर्राष्ट्रिय कलाकार मार्समेलोले पूर्व निर्धारित कार्यक्रममा सहभागि हुन नसेकपछि नेपाली फ्यान तथा आयोजकसँग माफी मागेका छन्। ...

‘जोकमा पनि पटकथाको संरचना हुन्छ’

‘जोकमा पनि पटकथाको संरचना हुन्छ’

बलिउड लेखक अन्जुम राजाबलीले जोकमा पनि पटकथाको संरचना हुने बताएका छन् । दुई दिने कार्यशालाका लागि बुधबार नेपाल आएका उनले...

कौमार्य कथामा ‘मिस्टर भर्जिन’

कौमार्य कथामा ‘मिस्टर भर्जिन’

समाजमा सार्वजनिक चर्चाका लागि निषेध जस्तै मानिने यौन सम्बन्धी विषयलाई लिएर  ‘मिष्टर भर्जिन’ शीर्षकको फिल्म बन्ने भएको छ । बुधबार...

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

आगामी माघ ४ गते रिलिज हुन लागेको फिल्म ‘पिँजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ सार्वजनिक...