८ वैशाख २०८१ शनिबार
समाज

फर्ममा आगलागीहुँदा ४५ गाई मरे

काठमाडौं- सुन्दरीजलस्थित व्यवसायीक गाईफार्ममा आगोलागी हुँदा ४५ वटा गाई जलेर मरेका छन्। १ सय २२ गाई रहेको फार्ममा बाँकी गाई पनि घाइते छन्।

४५ वटा होलइस्टेन जातका माउ गाई आगलागीमा परेर मरेको बौद्ध प्रहरीले जनायो।

ओम कृषि फार्मले सञ्चालन गरेको गाईर्फार्ममा शनिवार बिहान ११ बजेर करेन्ट सर्ट भएर आगलागी भएको थियो।

करेन्ट सर्ट भएर अचनाक पुरै फार्ममा एकपटक आगो सल्केको थियो । गोठको क्षेत्रफल लम्बाई २ सय २० र चौडाई ४० फिट रहेका थियो।

सुन्दरीजलमा रहेको नेपाली सेनाको विपद व्यवस्थापन टोली र जुद्ध बारुणयन्त्र काठमाडौंको संयुक्त टोलीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो।

‘हामीलाई जानकारी आउनासाथ सुन्दरीजलमै रहेको सेनाको टोलीलाई जानकारी गरायौं,’ जुद्ध वारुणयन्त्र कार्यालय काठमाडौंका प्रमुख किशोर भट्टाराईले भने, ‘केही समयपछि हामी पनि पुगरे आगो लागेको करिब डेढ घण्टामा नियन्त्रणमा लियौं।’ उनका अनुसार फार्म पुरै भागमा एकै पटक आगो सल्केको कारणले गर्दा नियन्त्रण गदागर्दै पनि क्षती बढी भएको हो।

फार्ममा रहेका दाना, म्याट लगायत पनि जलेका फार्म सञ्चालिक अनिता पौडेल कार्कीले जानकारी दिईन्। उनका अनुसार आगलागीबाट करिब चार करोडको क्षति भएको छ।

घाइते गाई तथा बाच्छाको पशु चिकित्सक बोलाएर उपचार भइरहेको छ । अधिकांश गाई गम्भिर गाइते रहेको जनाईको छ।

 

 

प्रकाशित: ३ असार २०७४ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App