coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बस दुर्घटनामा एक मृत्यु, २० घाईते

कोहलपुर- पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी गाउँपालिकाको ढकेरीमा शुक्रबार राती यात्रुवाहक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना यात्रु  घाइते भएका छन् । बुटवलवाट सुर्खेत जाँदै गरेको लु १ ख ५९०५ नम्बरको बस दुर्घटनामा भारत कलकत्ताका निलुजी अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।

बस अनियंत्रित भइ सडक छेउको रुखमा ठोकिएर दुर्घटना भएको छ । घाईते २० जनामध्ये ५ जना गम्भीर रहेको प्रहरीको भनाई रहेको छ । घाईतेको मेडिकल कलेज कोहलपुरमा उपचार भैईरहेको छ । सहचालकले गाडी चलाएका कारण दुर्घटना भएको प्रहरीको भनाई छ ।  बसमा भारतबाट कामका लागि सुर्खेत जाँदै गरेका कामदार रहेका थिए ।

 

 

प्रकाशित: ३ असार २०७४ १३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App