१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा रहेको यति कार्पेटमा भीषण आगलागी

तस्बिर : शिवहरि घिमिरे

कृष्ण किसी/शिवहरि घिमिरे

भक्तपुर- भक्तपुरमा भीषण आगलागी भएकोछ। शनिबार राति ११ बजेबाट सुरु भएको आगलागी बिहानसम्म पूर्ण नियन्त्रणमा ल्याउन सकिएको छैन।

भक्तपरको सल्लाघारीस्थित यति कार्पेटमा लागेको आगो नियन्त्रणका लागि अहिले पनि काठमाडौं, भक्तपुर र ललितपुरका आठ वटा दमकल प्रयासरत रहेको जुद्ध बारुद्ध यन्त्र कार्यालय भक्तपुरले जनाएको छ।

जुद्ध बारुण यन्त्र कार्यालयका प्रमुख किशोर कुमार भट्टराईका अनुसार फ्याक्ट्रीमा २५ हजार लिटर डिजेल, ३० हजार टनभन्दा बढी फाइवर र करोडौं पर्ने मेसिनहरु जलेर नस्ट भएका छन्।

फ्याक्ट्रीभित्र केमिकल सामानहरु बढी भएकाले आगो नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। आगलागीबाट कारखानाका भौतिक सम्पत्तसमात्रै नष्ट भएको जनाइएको छ। मानवीय क्षति भने केही हुन पाएन।

आगलागीका कारण रातभरि सुत्न नसकिएको स्थानीयले बताएका छन्। स्थानीय सुमन सुवालले राति ठलो दन्किएको आगो अहिले जारी रहेको बताए।

प्रकाशित: ४ असार २०७४ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App