महोत्तरी – महोत्तरीमा घाटी रेटी एक युवकको विभस्स हत्या भएको छ । महोत्तरी गाउँपािलका १ का २२ वर्षीय नजाम नदाफको शनिबार राती घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ घरबाट निस्केका नदाफको आइतबार बिहान जलेश्वर जनकपुर सडक खण्ड अन्तर्गत पर्ने कुटमेश्वरी नदिको बाधमा विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
प्रहरीका अनुसामर उनलाई मुख्य सडक भन्दा ३ सय मिटर भित्र कुटमेश्वरी नदीको बाँधमा लगि धारिलो हतियार प्रहार गरिएको हो ।
घटनास्थलको प्रकृति हेर्दा हत्या ४–५ जनाको मिलोमतो भएको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
६ महिना पहिले मात्रै वैदेशिक रोजगारबाट घर फर्केका नदाफको हत्या पछि उनको परिवारमा अहिले रुवावासी छाएको छ ।
प्रकाशित: ४ असार २०७४ ०५:१८ आइतबार