८ वैशाख २०८१ शनिबार
समाज

पत्रकार महासङ्घ नुवाकोटमा खनाल

नुवाकोट – नेपाल पत्रकार महासङ्घ नुवाकोटको सातौँ साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनले कपिलदेव खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। 

पटक पटक मिति तोकेर अवरुद्ध हुँदै आएको शाखाको शनिबार भएको मतदानमा खनाल ६८ र उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश अधिकारीले ५७ मत ल्याएका थिए। 

यस्तै उपाध्यक्षमा रामहरि न्यौपाने र रुपा अर्याल, सचिवमा जगदीश खनाल, सहसचिवमा नवराज सुवेदी र जमुना गजुरेल तथा कोषाध्यक्षमा सुनिल विष्ट निर्वाचित भए। निर्वाचनबाट केद्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि पनि छनोट गरिएको छ । रासस 

प्रकाशित: ४ असार २०७४ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App