coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोले अवरुद्ध नारायणगढ- मुग्लिन सडक खुल्यो

चितवन – कालिखोला नजिक पहिरो गएका कारण आइतबार सबेरैदेखि अवरुद्ध निर्माणाधिन नारायणगढ मुग्लिन सडक खण्ड मध्यान्हबाट खुलेको छ । पहिरो हटाएर मध्यान्ह ११ बजेर ५० मिनेटपछि दुवै तर्फी रुपमा यातायात सञ्चालनमा आएको नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले जानकारी दिए।

शनिबार राति नौ बजे सो क्षेत्रमा पहिरो गएको थियो । राति ११ बजे पहिरो हटाएर गाडी चल्न सुरु भएको थियो । फेरि बिहान साढे दुई बजे पहिरो खसेर बाटो पुरै बन्द भएको आयोजना प्रमुख चन्द्रनारायण यादवले बताए । बिहान साढे चार बजेबाट मात्रै पहिरो पन्छाउने काम फेरि सुरु भएको थियोे । तर बाटो बन्द भएको झण्डै छ घण्टापछि यातायात सञ्चालन हुन सकेको हो । 

सामान्य अवस्थामा नारायणघाट मुग्लिन सडक खण्ड बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म बन्द गरेर निर्माणको काम हुने गर्छ । पहिरो गएर धेरै नै गाडीहरु रोकिएका कारण आज यो समय सिमा लागु नहुने प्रमुख यादवले बताए । ‘गाडीहरु धेरै नै रोएिका छन् । पहिरो हटाउने काम सकिएको छ । रोकिएका सवै गाडीहरु हामी पार हुन दिन्छौं । हिजो अस्तीको जस्तो १० देखि चार बजेसम्म बन्द नै गर्ने भन्ने छैनं’ यादवले भने ।

राजधानी काठमाडौंलाई पुर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्गका रुपमा रहेको यो सडक खण्डमा हुने यातायात बन्दले १० औं हजार गाडीहरुलाई असर गर्छ । बिहानैदेखि गाडी रोकिएका कारण नारायणगढ भरतपुर क्षेत्रसम्म गाडीको लाइन लागेको थियो । 
    

प्रकाशित: ४ असार २०७४ ०७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App