पोर्चुगल – मध्यपोर्चुगलमा अवस्थित एक जङ्गल आगलागीमा परी कम्तीमा २५ व्यक्तिको मृत्यु हुनुको साथै १६ जना घाइते भएको छन् । पोर्चुगलको समाचार समिति लुसाका अनुसार यस घटनामा घाइते हुनेमा अग्नीनियन्त्रकसमेत रहेका छन् ।
सो आगलागीको सुरुवात लिस्बोनबाट करिब १५० किलोमिटर उत्तरपूर्वमा रहेको लैरीया जिल्लाको पेद्रोगाओ ग्रान्दे क्षेत्रका शनिबार अबेरबाट भएको थियो । यस आगलागी नियन्त्रणको लागि करिब छ सय अग्नीनियन्त्रक र ४७० भन्दाबढी सवारी साधानको परिचालन गरिएको छ।
यस घटानापछि त्यहाँका प्रधानमन्त्री इन्टोनिओ कास्टोले आफूहरुले त्रासदी र वियोगको सामना गरिरहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्नेसमेत जानकारी दिएका छन्।
आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीका अनुसार पेद्रोगाओ ग्रान्दे जिल्लामा बनमा आगलागीका माझमा फसेर रहेका १६ जनाको ज्यान गएको थियो । त्यसैगरी तीनजनाको भने धुवाँले निसास्सिर ज्यान गएको पनि जानकारी दिएका छन् ।
पेद्रोगाओ नगरमा मेयरका अनुसार आगलागी नियन्त्रण गर्नको लागि पर्याप्त अग्नीनियन्त्रक नभएको र आगलागाीको कारण अहिलेसम्म प्रष्ट हुन नसकेको जानकारी दिएका छन् ।
घाइते मध्ये कैयौँको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ ।
प्रकाशित: ४ असार २०७४ ०९:३८ आइतबार