coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

महिलालाई मुम्बईको वेश्यालय पुर्‍याएर १७ हजारमा बेच्ने तामाङ पक्राउ

काठमाडौं— जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिबादी चितवन, खैरेनी–१३ बस्ने नुवाकोट, साल्मे गाविस–५ स्थायी वतन भएका ५३ वर्षीय रामबहादुर तामाङलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले चितवन खैरेनीबाट शनिबार पक्राउ गरेको छ।

६ वर्षअघि तामाङले विवाह गर्छु भनेर एक महिलालाई मुम्बईको कोठीमा लगेर १७ हजार रुपैयाँमा बेचेका थिए।

६ वर्षअघि तामाङले विवाह गर्छु भनेर एक महिलालाई मुम्बईको कोठीमा लगेर १७ हजार रुपैयाँमा बेचेका थिए।

तामाङ समेत भएको जिउ मास्ने बेच्ने मुद्दामा धादिङ जिल्ला अदालतको २०६७ जेठ २४ गतेको फैसलाले तामाङलाई १५ वर्ष कैद र १७ हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उक्त सजाय बेरुजु भई हालसम्म फरार रहेको अवस्थामा ब्यूरोको टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो।

प्रतिबादी तामाङले २०४८ पुस २१ गते एक महिलालाई बिवाह गर्छु भनी ललाई फकाई धादिङबाट लिई हिँडेको र निजसमेत अन्य ३ जना प्रतिवादीहरु मिलेर महिलालाई झुक्याई चितवनको नारायणघाट हुँदै कन्चनपुरको वनवासा नाकाबाट भारतको बम्बईस्थित वेश्यालयमा पु¥याई १७ हजार रुपैयाँमा बिक्री गरी प्राप्त रकम तीनैजनाले बाँडेर लगेका थिए।

तामाङलाई फैसला कार्यान्वयनको लागि आइतबार धादिङ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार शाखा धादिङ पठाइएको छ।

प्रकाशित: ४ असार २०७४ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App