coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कङ्गोमा नेपाली शान्ति सैनिक र विद्रोहीबीच झडप, दुई घाइते

काठमाडौं– अन्तर्राष्ट्रिय शान्ति स्थापनाकोलागि संयुक्त राष्ट्र संघ अन्तर्गत कङ्गोमा कार्यरत नेपाली सेनाको टोली र विद्रोहीबीच झडप भएको छ।

नेपाली सेनाका अनुसार शम्शेरदल गण (शा.से २३ औं डफ्फा) को सैनिक गस्ती माथि विद्रोही समूह माई माईद्वारा आक्रमण भएको थियो। आक्रमणको प्रतिकार गर्दा नेपाली सेनाका २ जवान घाईते भएका छन्। विद्रोही तर्फ नेपाली शान्ति सैनिकले प्रहार गरेको गोली लागि ५ जना विद्रोहीको मृत्यु भएको छ। उक्त घटनामा विद्रोहीबाट बरामद भएका एके–४७ राईफल २ र सो को एम्युनिशन ५० राउण्ड कंगोको राष्ट्रिय सेनालाई बुझाइएको नेपाली सेनाले बताएको छ।

गण हेडक्वाटर बेनीबाट करिब २२ कि.मी. टाढा कवास भन्ने स्थानमा झडप भएको थियो। झडपमा घाईते भएका नेपाली शान्ति सैनिकहरुको कंगोको  गोमास्थित यु.एन.को लेवल ३ अस्पतालमा उपचार भई रहेका र उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको छ सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

 

 

प्रकाशित: ४ असार २०७४ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App