coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

फेसबुक आत्महत्या रोक्ने एप ल्याउँदै

आत्महत्या गर्नुअघि फेसबुक प्रयोग गर्नेको संख्या विश्वभरि नै बढ्दै गएको छ। यो समस्यालाई सम्बोधन गर्न फेसबुकले नयाँ उपाय खोजेको छ। फेसबुकले आत्महत्या रोक्ने एप अपडेट गरेको छ। यो सुविधा विश्वभरिकै क्षेत्रीय भाषाहरुमा समेत उपलब्ध गराउने फेसबुकले जनाएको छ।

यस साधनले हामीलाई यदि आफ्ना साथीहरुले आत्महत्या तथा आफैलाई नोक्सानी पुर्‍याउने पोस्ट गरेमा त्यसको जानकारी दिन्छ। विगतमा यस्तो सेवा केही अंग्रेजी भाषी व्यत्तिहरुको लागि मात्रै उपलब्ध थियो। एउटा फर्मको माध्यमबाट तपाइँले उक्त पोस्टलाई रिपोर्ट गर्न सक्नुहुनेछ। यो सेवा अति नै छिटो तथा सजिलो छ।

फेसबुकले आफ्नो घोषणामा आत्महत्या रोक्ने यो साधन सबै भाषामा उपलब्ध हुने उल्लेख गरेको छ। उक्त कम्पनीका ग्लोबल हेड अफ सेफ्टी एन्टिगोनी डेभिस र अनुसन्धानकर्ता जेनिफर गुडाग्नोले उक्त सेवा मानसिक स्वास्थ संस्था र आफैँलाई हानी पुर्‍याउन खोजेका तथा आत्महत्या प्रयास गरेका व्यक्तिहरुको अनुभवबाट प्राप्त सुझावको आधारमा विकास गरेको उल्लेख गरेकाछन्।

उत्त सेवा गत वर्ष अमेरिकाका केही प्रयोगकर्ताहरुलाई उपलब्ध गराइएको थियो। फेसबुकले आत्महत्या रोक्ने केही संस्था तथा मानसिक स्वास्थ सस्थासँगको सहकार्यमा उक्त सेवा अन्य राष्ट्रहरुमा पनि उपलब्ध गराउने तयारी गरेको हो।

छिटै विश्वभरका प्रयोगकर्तालाई उपलब्ध गराइने उक्त फ्ल्याग फ्रेन्ड पोस्टले ड्रप डाउन मेनुमार्फत् आत्महत्या गर्न खोज्ने फेसबुक प्रयोगकर्ताबारे तत्काल जानकारी दिन्छ। फेसबुकले उनीहरुलाई आत्महत्या रोक्न मद्दत गर्ने संस्थाहरुको नम्बर जानकारी दिन्छ। यसलाई सेयर गर्ने विकल्प पनि दिन्छ। त्यहीँबाट सन्देश पठाउन सुविधा पनि हुनेछ।

फेसबुकका अनुसार प्रयोगकर्ताले गरेका यस्ता खाले पोस्टहरु फेसबुकका ग्लोबल कम्युनिटी अपरेशन टोलीले तत्काल निरीक्षण गर्नेछन्। यदि तत्कालै कसैले आफूलाई नोक्सान पुर्‍याउँदैछ भने प्रहरीलाई जानकारी दिन फेसबुकले चेतवनी दिनेछ।

फेसबुकको आत्महत्या रोकथाम गर्ने उक्त साधनले जीवन रक्षा गर्न सहयोग गर्ने अथवा एक महत्वपूर्ण विषयमा सचेनताको आवज उठाउन सहयोग गर्ने बताएको छ। विश्वमा आत्महत्या दर बढ्नुले धेरै देशहरुमा यो एक सार्वजनिक स्वास्थ्य चासोको विषय बनेको छ। अमेरिकामा हाल आत्महत्याको दर तीन दशक यताकै उच्च विन्दूमा पुगेको छ। त्यहाँ सबै उमेरका पुरुषहरु तथा ४५ देखि ६४ वर्ष उमेर समूहका महिलाहरुमा आत्महत्याको दर उच्च छ।

फेसबुकले आत्महत्या दरलाई रोक्न आफ्ना मासिक १.६५ विलियन प्रयोगकर्ताको निजी मामिलामा पनि ध्यान पुर्‍याउनु पर्ने देखिन्छ। खास गरी फेसबुकमा पोस्ट भएका पोस्टहरु धेरै साइकोलोजिस्टहरुले अनुसन्धाका लागि प्रयोग गरेकाले यसमा पनि ध्यान पुर्‍याउन पर्ने हुन्छ। फेसबुक सन् २०१४ जुलाईमा आफ्ना प्रयोगकर्ताहरुलाई एक साइकोलोजिकल अनुसन्धानका लागि प्रयोग गरेकोमा माफी माग्न बाध्य भएको थियो।

नयाँ प्रविधिबारे लेख्ने साइट टेकक्रन्चले फेसबुकलाई मानिसका निजी मामिलाको सम्मान गर्नका लागि फेसबुकको धारणा माग गरेको छ।

प्रकाशित: ४ असार २०७३ ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App