coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

झडपमा एमाले कार्यकर्ताको मृत्यु

बाजुरा– जिल्लामा मनोनयन दर्ताका क्रममा छेडेदह गाउ“पालिकामा कांग्रेस र एमाले कार्यकर्ताहरूबीच भएको झडपमा परी घाइते भएका ५५ वर्षीय एमाले कार्यकर्ता हंश रावतको मृत्यु  भएको छ।

झडपमा दुवैतर्फ गरी ३० जनाभन्दा बढी घाइते भएका छन्। मनोनय दर्ता गर्ने क्रममा नाराबाजी हुँदा विवाद भएको थियो।

मनोनयन भने छेडेदहसहित जिल्लाका नौवटै स्थानीय तहमा सम्पन्न भएको छ । अन्य स्थानमा भने उत्साहजनक रुपमा मनोनयन दर्ता भयो । बाजुरामा चार नगरपालिका र पा“च गाउ“पालिका छन्। कांग्रेस, एमाले र माओवादी केन्द्रले सबै तहमा प्रमुख तथा उपप्रमुख पदमा मनोनयन दर्ता गराएका छन्।

प्रकाशित: ५ असार २०७४ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App