समर्थकका नेतालाई रंगशाला जान रोक

सोमबार, ०५ असार २०७४, ०८ : ४० नागरिक


मस्को(एएफपी)– रूसी फुटबल समर्थकका नेता एलेक्जेन्डर सिप्रेजिनलाई अन्तरमहादेशीय कप अवधिभर खेलमैदान प्रवेश गर्न रोक लगाइएको छ।

सेन्ट पिटर्सबर्गमा आयोजक रूस र न्युजिल्यान्डबीचको उद्घाटन खेलअघि सिप्रेजिनलाई मैदान प्रवेशमा रोक लगाइएको हो ।

रूसका समर्थकलाई हूलदंगा तथा रंगभेदी व्यवहार देखाउने गरेको आरोप लाग्दै आएको छ । त्यसैले यस प्रतियोगितामा कुनै पनि उच्छृङ्खल कार्य हुन नदिनु रूसको प्रमुख चुनौतीका रूपमा रहेको छ ।

गत वर्ष फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपअन्तर्गत मार्सेमा समूहचरणको खेलअघि रूस र इङ्ल्यान्ड समर्थकबीच झडप हुँदा ३५ जना घाइते भएका थिए, जसमा अधिकांश इङ्लिस समर्थक थिए ।

उक्त प्रतियोगितामा सिप्रेजिनलाई हूलदंगामा संलग्न भएको भन्दै दुई पटक रूस फिर्ता पठाइएको थियो ।

सिप्रेजिनले आफूलाई आयोजकले प्रतियोगिताका खेल हेर्न उपलब्ध गराइएको परिचयपत्र रद्द भएको जानकारी दिएको बताए ।

‘खेल सुरु हुनुभन्दा २ घण्टा पहिले मैले एउटा इमेल प्राप्त गरें जसमा मेरो समर्थक परिचयपत्र रद्द गरिएको उल्लेख गरिएको छ ,’ उनले भने, ‘मैले खेल हेर्नका लागि कारमा करिब ५ सय किलोमिटर यात्रा गर्नुका साथै टिकटका लागि ८ हजार रुबल्स (१ सय २३ युरो) तिरिसकेको थिएँ जुन अब मैले प्रयोग गर्न पाउदिनँ ।’

उनले आफूलाई यसबारे कानुनी रूपमा कुनै पूर्वजानकारी वा चेतावनी नदिएको समेत बताए।

‘मेरो विचारमा मेरो अधिकारको हनन भएको छ,’ सिप्रेजिनले भने।

तर यस पटकको प्रतिगोगितामा रूसले समर्थकको विस्तृत जानकारी लिएपछि मात्र समर्थक परिचय उपलब्ध गराइएको थियो । समर्थकसँग खेलको टिकट भए तापनि अतिरिक्त सुरक्षाका रूपमा हेरिएको उक्त पत्रलाई मैदान प्रवेशमा अनिवार्य गरिएको थियो ।

अन्य १ सय ९१ जनालाई पनि कालोसूचीमा राखिएको र प्रतियोगिता अवधिभर खेल हेर्न प्रतिबन्ध लगाइएको बताइएको छ ।

तर यस पटकको प्रतिगोगितामा रूसले समर्थकको विस्तृत जानकारी लिएपछि मात्र समर्थक परिचय उपलब्ध गराइएको थियो । समर्थकसँग खेलको टिकट भए तापनि अतिरिक्त सुरक्षाका रूपमा हेरिएको उक्त पत्रलाई मैदान प्रवेशमा अनिवार्य गरिएको थियो ।

 









यसमा तपाईको मत

अन्य समाचार

ओस्कारमा 'सेतो सूर्य'

ओस्कारमा 'सेतो सूर्य'

ओस्कार अवार्डको 'विदेशी भाषी फिल्म' विधातर्फको प्रतिस्पर्धामा नेपालबाट दीपक रौनियार निर्देशित फिल्म 'सेतो सूर्य' (ह्वाइट सन)ले आफूलाई सुरक्षित पारेको छ।...

'मोडल हन्ट'मा र्‍याम्प शो

'मोडल हन्ट'मा र्‍याम्प शो

सौन्दर्य प्रतियागिता 'मोडल हन्ट नेपाल २०१७'को फिनालेमा अभिनेत्री प्रियंका कार्की, सिर्जना रेग्मी र 'मिस नेपाल २०१७' अस्मी श्रेष्ठ शो टपरका...

छेडछाड विरुद्ध इलियाना

छेडछाड विरुद्ध इलियाना

सेलिब्रिटीलाई फ्यानहरूले जिस्क्याउनु नयाँ कुरा होइन। तर सेलिब्रिटी आफंैले फ्यानले आफूमाथि गरेको दुव्यर्वहारका बारेमा सार्वजनिक गर्नु भने पक्कै नौलो हो।...

तीजको विकृतिमा बहस

तीजको विकृतिमा बहस

अहिले महिलावर्गलाई तीजले छपक्कै छोएको छ। विगतमा धार्मिक, परम्परागत र सांस्कृतिक आधारका रूपमा मनाइने तीजलाई अचेल त्यो बुझाइमा मात्र सिमित...