८ वैशाख २०८१ शनिबार
समाज

बुधबारदेखि भूकम्पपीडितलाई ट्याक्सी

सरकारले भूकम्पपीडितलाई आगामी बुधबारदेखि ट्याक्सी नम्बर वितरण गर्ने भएको छ।

गोलप्रथामार्फत बुधबार, बिहीबार र शुक्रबार १४ जिल्लाका भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण गर्न लागिएको हो । भूकम्पपीडितलाई एक हजार ५ सय १५ सय ट्याक्सी नम्बर वितरण गरिनेछ।

ट्याक्सी नम्बर वितरणका लागि साउनमा यातायात व्यवस्था विभागले फारम संकलन गरेको थियो। प्राविधिक कारण भन्दै पटक–पटक म्याद गुजारेको विभागले बुधबारदेखि नम्बर वितरण गर्ने जनाएको हो।

यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईका अनुसार सुरक्षा अभावले ट्याक्सी वितरण मिति सारिएको बताए । यसपटक भने वितरण हुने उनले बताए ।

ट्याक्सी नम्बर माग फारम संख्या एक सय गुणा बढी भएकाले गोलाप्रथामार्फत वितरण गर्न लागिएको उनले जानकारी दिए । भूकम्प अति प्रभावित १४ जिल्लाबाट एक हजार ५ सय ट्याक्सी नम्बरका लागि १ लाख ४९ हजार ५ सय जनाले आवेदन दिएका छन् ।

विभागका अनुसार पहिलो दिन काभ्रेपलाञ्चोक, नुवाकोट र रामेछापका पीडितलाई ४ सय ९१ वटा ट्याक्सी नम्बर वितरण गरिनेछ ।

दोस्रो दिन दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका ५ सय १३ पीडितलाई ट्याक्सी नम्बर उपलब्ध गराइनेछ। यसैगरी तेस्रो दिन काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका पीडितलाई ४ सय ९६ वटा ट्याक्सी नम्बर उपलब्ध गराइनेछ ।

प्रकाशित: ५ असार २०७४ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App