५ वैशाख २०८१ बुधबार
समाज

‘द्वन्द्वमा परेका बालबालिकाको जीवन र शिक्षा’ शोधपुस्तक सार्वजनिक

काठमाडौं-  ‘द्वन्द्वमा परेका बालबालिकाको जीवन र शिक्षा’ नामक शोधपुस्तक सार्वजनिक भएको छ। एड्रोइट पब्लिसर,नयाँ दिल्लीले प्रकाशन गरेको  उक्त शोध श्रीप्रसाद देवकोटाले तयार पारेका हुन्। देवकोटाद्वारा लिखित उक्त शोधमा दश वर्षे जनयुद्ध र जनयुद्धले स्कुले बालबालिकाको शैक्षिक जीवनमा पारेको असरका बारेमा स्थलगत अनुसन्धान गरी त्यसको समधानका लागि आवश्यक सुझाब समेत दिने काम गरिएको छ।

 लेखकले यस पुस्तकमा विशेषतः द्वन्द्व र बालबालिकासम्बन्धी जे जति सन्धिहरु भएतापनि दशवर्षे जनयुद्धमा राज्य र बिद्रोही शक्ति तत्कालिन नेकपा (माओवादी)बाट मानव अधिकारसम्बन्धी अन्तर्राट्रिष्य सन्धिहरुको चरम उलंघन गरेको पाइएको बताउँदै त्यसका करण हजारौँ बालबालिकाको शिक्षाकमा गम्भीर असर परेको उल्लेख गरेका छन्। यस शोध पुस्तकमा देवकोटाले सन् १९९६ देखि २००६ सम्म १८ वर्ष नपुगेका स्कुले बालबालिकाहरुको जनयुद्धले उक्त समयमा पारेको शैक्षिक असर र शान्ति प्रक्रिया पश्चात् उनीहरुको जीवनशैलीका बारेमा अनुसन्धान गरेका छन्।

प्रकाशित: ५ असार २०७४ ०५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App