१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अटो मार्केटमा महिन्द्रा एक्सयूभी ५००

काठमाडौं – नेपाली अटो बजारमा नयाँ–नयाँ ब्रान्डका गाडी भित्रिने क्रम तीव्र बनेको छ । ग्राहकले आफ्नो आवश्यकता र पहुँचका आधारमा नयाँ ब्रान्डको गाडी खरिद गर्ने क्रममा प्रतिस्पर्धा भएको पाइन्छ ।  

आधुनिक प्रविधि र लक्जरी गाडी ठूला घराना र व्यवसायीका लागि व्यक्तित्वसँग जोडिएको हुन्छ । यही क्रममा महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पोरेटेडले महिन्द्रा एक्सयुभी ५००को अटोमेटिक रेन्ज नेपाली बजारमा ल्याएको छ । 

कम्पनीले नयाँ एक्सयुभी ५०० बजारमा ल्याएसँगै बुकिङ पनि खुल्ला गरेको जनाएको छ । विगतको संस्करणलाई परिमार्जन गर्दै कम्पनीले उक्त गाडी सार्वजनिक गरेको हो । उक्त गाडीबाट ग्राहकले विगतको तुलनामा प्रभावकारी ड्राइभिङ अनुभव गर्न सक्ने कम्पनीको भनाइ छ । नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सिटी रोडसँगै पहाडको बाटोमा समेत आरामदायी यात्रा गर्न सकिने कम्पनीको विश्वास छ । 

देशभरका सोरुममा उक्त बुकिङ खुल्ला गरिएको छ । उक्त आधुनिक र कटिङ इडगे प्रविधियुक्त, उच्चस्तरीय र नयाँ इन्टेरियर, आकर्षक डिजाइन रहेको छ । उत्कृष्ट क्षमता र मजबुत सुरक्षाको सम्मिश्रणका कारण उक्त गाडी सबैको रोजाइमा पर्ने गरेको कम्पनीले जनाएको छ । 

उपभोक्ता तथा यात्राका लागि एक पृथक सवारी अनुभव दिने उद्देश्यसहित डिजाइन गरिएको उक्त गाडीको बजार मूल्य ५२ लाख ५० हजार रुपैयाँमा रहेको कम्पनीले जनाएको छ । 

स्पोर्टी लुकसहितको यस जिपको एक्सेटिएरको विशेषतामा क्रोमी इनसर्टसहित न्यू फन्ट ग्रिले, स्टाइलिस बेन्डिङ हेडल्याम्पसहित लाइट गाइड, आकर्षक फग लाइट, नयाँ विइन्डो क्रोमी लाइनिङ लगायत रहेका छन् । नयाँ विद्युतीय सनरुफ, पहिलो ओरभाम्र्समा प्रोजेक्सन ल्याम्स, पावर एड्जस्टेबल चालक सिट, पुस बटन स्टार्ट, प्यासिभ किलेर इन्ट्री, जिपिएस सुविधायुक्त सात इन्च टचस्क्रिन सूचना तथा मनोरञ्जन प्रणाली, उच्चस्तरीय र नयाँ ब्ल्याक इन्टेरियर, प्लस न्यु बिग लेदर सिट लगायत अन्य विशेषताले एसयुभी वर्गको गाडीमा यसलाई पृथक, उच्चस्तरीय र सुविधायुक्त बनाएको छ ।

सन् २०११ मा सार्वजनिक गरिएको एक्सयुभीले डेड टर्निङ स्टायल, क्षमता, सुरक्षा र आरामदायिताका दृष्टिकोणबाट उपभोक्तालाई पूर्ण रुपमा एक फरक सवारी अनुभव दिलाउन सफल भएको थियो । उक्त अनुभवलाई थप उचाइमा पु¥याउनका लागि एक्सयुभी ५०० कटिबद्ध रहेको कम्पनीले जनाएको छ ।

गाडीमा बोल्ड एक्टेरियर डिजाइन, बोल्ड र थप उच्चस्तरीय फन्ट स्ट्याल, पन्जा स्टाइलको डोर ह्यान्डल, कटिङ इडगे टेक्नोलोजीको प्रयोग, नयाँ विद्युतीय सनरुफ, प्यासिभ किलेस इन्ट्री लगायत विशेषता छन् ।

प्रकाशित: ५ असार २०७४ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App