५ वैशाख २०८१ बुधबार
राजनीति

तेश्रो लिङ्गी सहित एक हजार ५ सयले दिए उम्मेद्वारी

नवलपरासी — नवलपरासीका सात वटा स्थानिय तहमा १ हजार ५ सय जनाले उम्मेदवारी दिएका छन् । विभिन्न दल र स्वतन्त्र रुपमा विभिन्न पदका लागि १ हजार ५ सय जनाले उम्मेदवारी दिएका हुन् । 

५ नम्बर प्रदेशमा पर्ने नवलपरासीको परासी क्षेत्रका तीन नगरपालिकामा ३६ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । चार गाउँपालिकाको प्रमुखमा २२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

राजपाको बन्द र हड्तालका बाबजुत पनि उम्मेदवारहरुले भय रहित वातावरणमा उम्मेदवारी  दर्ता गराएका छन् । असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचनमा परासी क्षेत्रमा ७ वटा पार्टीहरू भाग लिएका छन् । 

आइतबार बिहान ८ बजे देखि शुरु भएको उमेदवारी दर्तामा राजपा नेपाल बाहेक ७ वटा पार्टिले मनोयन दर्ता गराएका छन् । राजपा नेपालले अवरोध गरेपनि कडा सुरक्षा व्यवस्था हुँदा शान्तिपूर्ण तरिकाले उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति नेपाल, नेपाल फोरम लोकतान्त्रिक र संघीय समाजवादी लगायत पार्टीहरूले मनोयन दर्ता गराएका छन् । नयाँ शक्ति नेपाल, नेपाल फोरम लोकतान्त्रिक र संघिय समाजवादि पार्टीको गठबन्धन भएको छ। 

सुनवल नगरपालिकाबाट ५ स्वतन्त्र सहित मेयरमा १३, उपमेयरमा स्वतन्त्र ३ सहित १०, बर्दघाट नगरपालिकामा ७ स्वतन्त्रसहित मेयरमा १३, उपमेयरमा ७, प्रतापुर गाँउपालिकामा ३ स्वतन्त्रसहित अध्यक्षमा ८, उपाध्यक्षमा ५, त्रिवेणी गाँउपालिकामा अध्यक्ष ७ उपाध्यक्ष ५, पाल्हीनन्दन गाँउपालिकामा ३ स्वतन्त्रसहित अध्यक्षमा७,  उपाध्यक्ष ६ र रामग्राम नगरपालिकामा मेयरमा स्वतन्त्र ३ सहित १० र उपमेयरमा ७ जना रहेका छन् । त्यस्तै रामग्राम नगरपालिकाको मेयर पदका १० जना उम्मेदवार मध्ये एक तेस्रो लिङ्गीले पनि उमेदवारी दिएका छन् । नेकपा मालेबाट गिता सैथवारले तेस्रो लिङ्गीमा उमेदवारी दिएको रामग्राम नगरपालिकाका मुख्य निर्वाचन अधिकृत कैलाश केसिले बताए । 

प्रकाशित: ५ असार २०७४ ०८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App