नयाँ दिल्ली – विगत केही सातादेखि भइरहेको आम हड्ताललका कारण दाजिर्लिङमा आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्यामा कमी आएको छ।
दाजिर्लिङमा भाषा विवादका कारण भएको आन्दोलनको प्रभावका कारण त्यहाँ आसपासका होटलहरू खाली हुन थालेको होटल व्यवसायीहरूले बताए । आन्दोलनका कारण पर्यटकहरूको आगमनमा कमी आएको तथा भ्रमणका क्रममा रहेका कतिपय पर्यटकहरूले आफ्नो भ्रमण समेत छोट्याएका होटल व्यावसायीहरूको दाबी रहेको छ ।
भाषा आन्दोलनका कारण आइतबार प्रहरीले गोली चलाउँदा दुई प्रदर्शनकारीहरू मारिएका थिए । यसले पर्यटकहरूमा डर पैदा गरेकोले सोमबारबाट बुकिङ भएका होटल समेत छोड्दै पर्यटकहरू भागेको होटल व्यवसायीहरूको दाबी छ ।
पछिल्लो समय भाषा आन्दोलन हिंसात्मक बन्न थालेपछि त्यहाँका स्थानीयहरूमा समेत डर पैदा भएको छ । बुकिङ गरिएका होटलहरू तथा पर्यटक संख्यामा आएको कमीले व्यवसायीहरूमा नैराश्यता छाएको छ ।
आइतबार मात्रै एक होटलमा कम्तीमा पनि ७०० जनाले बुकिङ गरेको होटल टिकट रद्द गरेका छन् ।
प्रकाशित: ५ असार २०७४ १०:०६ सोमबार