coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आन्दोलनकारीलाई वार्तामा आउन भारतीय गृहमन्त्रीको अनुरोध

दार्जिलिङ – भाषा विवादका कारण केही साता अगाडि दाजिर्लिङमा भइरहेको आन्दोलनलाई हिंसात्मक नबनाउनका लागि भारतीय गृहमन्त्री राजनाथ सिंहले गोर्खा जनमुक्ति मोर्चालाई आग्रह गरेका छन्। 

उनले हिंसात्मक गतिविधिहरूको आडमा समाधानको उपाय खोज्न नहुन बताए । पश्चिमी बंगाल सरकारले प्रत्येक विद्यालयहरूमा बंगाल भाषा अध्ययनलाई अनिवार्य बनाएपछि त्यहाँ वरिपरिका नेपाली भाषीहरू भाषाको अतिक्रमण भएको भन्दै आन्दोलित भएका हुन् । साथै उनीहरूले दाजिर्लिङमा एक छुटै राज्यको समेत माग गरेका छन् । 

मन्त्री सिंहले वार्ताको माध्यमबाट समस्याको समाधान गर्नतर्फ सरकार लागि परेको बताए । भारत प्रजातन्त्रको अभ्यास गर्ने विश्वकै एक नमुना मुलुक भएकाले यहाँ समस्याको समाधानको लागि हिंसात्मक कार्यलाई बढावा दिन नहुने मन्त्री सिंहको दाबी रहेको थियो । 

पश्चिमी बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले मन्त्री सिंहलाई दाजिर्लिङमा भाषा विवादका कारण श्रृजित तनावपूर्ण स्थितीको बारेमा जानकारी दिएको उनले बताइन्। 

आइतबार भएको आन्दोलनमा प्रहरी र आन्दोलनकारी बीच भएको भीडन्तमा परी दाजिलिङमा दुई  मानिसहरूको ज्यान गएको थियो । त्यस पश्चात् स्थिति अझै भयानक बनेको छ ।

स्थिति तनावपूर्ण भएपछि प्रहरीले नियन्त्रणमा लिनका लागि गोली चलाउँदा दुई आन्दोलनकारीहरूको ज्यान गएको थियो । 

प्रकाशित: ५ असार २०७४ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App