coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

घोषित उम्मेदवार बेपत्ता भएपछि अर्कैको उम्मेदवारी

इलाम- इलाम नगरपालिका–१२ बाट नेकपा माओवादीले वडाध्यक्षको उम्मेदवार घोषणा गरेका नारायण राई बेपत्ता भएपछि त्यस वडामा अर्को उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गर्ने दिन (आइतबार)सम्म राई बेपत्ता भएपछि माओवादीले सोममाया राईलाई उम्मेदवार बनाएको हो।

नारायण असार २ गते बेलुकादेखि सम्पर्कविहीन भएको माओवादीले जनाएको छ। ‘असार ३ गतेको जनसभाको तयारी र भोट माग्नेक्रममा लागिरहेका बेला असार २ गतेदेखि नै नारायण बेपत्ता छन्,' माओवादीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अन्य पार्टीका प्रतिस्पर्धीबाट मनोनयनको मितिलाई छल्न यो हर्कत गरिएको आशंका छ।' माओवादीले उम्मेदवारको टुंगो लगाएदेखि नै नारायण चुनावी प्रचारमा थिए।

माओवादीले उम्मेदवारी दर्ता गराउने दिन आइतबार पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म नारा लगाउँदै पुगेर बेपत्ता राईलाई ‘सार्वजनिक गर्न' माग गरेको थियो। माओवादीले नारायणको खोजीका लागि प्रहरी–प्रशासनसमक्ष आग्रहसमेत गरेको जिल्ला सदस्य जीवन शर्माले बताए।

जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र श्रेष्ठले नारायण बेपत्ता भएको खबर आउनेबित्तिकैदेखि प्रहरीले उनको खोजीका लागि सबै सम्यन्त्र परिचालन गरेको जानकारी दिए। ‘हामीले खोजीका लागि गर्नुपर्ने सबै प्रयास गरिरहेका छौं। तर, अहिलेसम्म फेला पार्न सकिएको छैन,' उनले भने।

प्रकाशित: ५ असार २०७४ १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App