८ वैशाख २०८१ शनिबार
राजनीति

झडपमा एक जनाको मृत्यु, संयमता अपनाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं—निर्वाचन आयोगले सामाजिक सद्भाव राखी शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई अपिल गरेको छ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजुरा, छेडेदह – ५ डोगडीका हंसबहादुर राउतको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

दोस्रो चरणको निर्वाचनको प्रचारप्रसारका क्रममा बाजुरालगायत जिल्लामा राजनीतिक दलका उम्मेदवार र कार्यकर्ताबीच झपड भई दुःखद् घटना भएपछि आयोगले निर्वाचनसँग सम्बन्धित गतिविधि सञ्चालन गर्दा संयमता अपनाउन अनुरोध गरेको हो। आयोगले यही असार १४ गते हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न असर पार्नेखालका कुनै पनि किसिमका घटना हुन नदिनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन पनि सरकारसँग आग्रह गरेको छ।

आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजुरा, छेडेदह – ५ डोगडीका हंसबहादुर राउतको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा गम्भीर घाइते भएकामा उपचारार्थ बाजुराको मार्तडीतर्फ लैजाने क्रममा उनको निधन भएको थियो ।

आयोगको आजको बैठकले राउतप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

यसैगरी उम्मेदवारी दर्ताकै क्रममा आइतबार कपिलवस्तु, बाणगङ्गा– ४ भित्री हुलाकी सडकखण्डमा बम विस्फोटमा परी १० व्यक्ति घाइते भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

प्रकाशित: ५ असार २०७४ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App