८ वैशाख २०८१ शनिबार
राजनीति

सोलुमा उम्मेदवारको हत्या भएको माओवादी दाबी

काठमाडौं—नेकपा (माओवादी केन्द्र)ले सङ्खुवासभा भोटखोला गाउँपालिकामा उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा वडाध्यक्षका उम्मेदवारको हत्या गरिएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ।

प्रवक्ता पम्फा भुसालले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भोटखोला गाउँ समिति सदस्य तथा वडा नं २ का पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार छिनाङ भोटेको उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा बाटोमा कुटपिट गरी हत्या गरिएकामा आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेकी छिन्।

माओवादीले वडाध्यक्षका उम्मेदवार भोटेको हत्या नेकपा (एमाले)का कार्यकर्ताले गरेको आरोप लगाएको छ।

प्रवक्ता भुसालले घटनाको भत्र्सना गर्दै हत्याराको अविलम्ब खोजी गरी कडा कारबाहीका लागि माग गरिन्। प्रवक्ता भुसालले निर्वाचनको प्रक्रियामा उम्मेदवार तथा मतदाताको पूर्ण सुरक्षाको वातावरण सुनिश्चित गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराइन् । रासस

प्रकाशित: ५ असार २०७४ १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App