८ वैशाख २०८१ शनिबार
समाज

विद्यालयबाट फर्किंदै गरेका बाललको ट्रकको ठक्करबाट मृत्यु

महोत्तरी— बर्दिवास नगरपालिका ३ पाटुमा सोमबार ट्रकले ठक्कर दिदाँ ६ वर्षिय बालकको मृत्यु भएको छ। 

गौरीडाँडास्थित विद्यालयबाट घर फर्किदै गरेका ६ वर्षिय बालक आशिष थापाको बा. ५ ख ४१९५ नम्बरको ट्रकले ठक्क दिँदा  घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय वर्दिवासका प्रमुख डिएसपी शालिग्राम शर्माले बताए। 

बालक आशिष आफ्नो घर पुग्नुभन्दा मात्र ५ सय मिटरको दुरीमा रहेको बर्दिबास —सिन्धुली—खुर्कोट सडकमा ट्रकले ठक्कर दिएको हो। पछाडिबाट तीब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु हुन पुगेको थियो।

बालकको मृत्युपछि आक्रोशि स्थानिय बासिन्दाले बर्दिबास—सिन्धुली—खुर्कोट सडक खण्ड केहीबेर बन्द गरी प्रदर्शन समेत गरेका थिए। 

ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय वर्दिवासले जनाएको छ।
इलाका प्रहरी कार्यालय वर्दिवासबाट गएको प्रहरी टोलिले बालकको शव सडकबाट हटाएर स्थानियहरुलाई सम्झाइबुझाइ अवरुद्ध सडक खुलाएको छ।

प्रकाशित: ५ असार २०७४ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App