पाँच जनाको ज्यान गएको मलेठ घटनाको प्रतिवेदन आयोगमा पेस

सोमबार, ०५ असार २०७४, १९ : ४० नागरिक


काठमाडौं- सप्तरीको राजविराजमा गत फागुन २३ गते भएको घटनाको उच्चस्तरीय टोलीले अनुसन्धान पूरा गरी प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगमा पेस गरेको छ। 

आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा सप्तरीको राजविराजमा नेकपा (एमाले) द्वारा आयोजित कार्यक्रममा तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर पाँच जनाको ज्यान गएको घटनाको अनुसन्धान प्रतिवेदन आयोगमा बुझाएको उल्लेख छ। 

आयोगले सप्तरीको मलेठ घटनाको विस्तृत अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित गत चैत ३१ गते सो जिल्लाका उच्च अदालतका न्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा उच्चस्तरीय अनुसन्धान टोली गठन गरेको थियो। आयोगले प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने जनाएको छ । रासस 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्वास्थ्यका कारण कार्यक्रममा आउन सकिन: मार्समेलो

स्वास्थ्यका कारण कार्यक्रममा आउन सकिन: मार्समेलो

अन्तर्राष्ट्रिय कलाकार मार्समेलोले पूर्व निर्धारित कार्यक्रममा सहभागि हुन नसेकपछि नेपाली फ्यान तथा आयोजकसँग माफी मागेका छन्। ...

‘जोकमा पनि पटकथाको संरचना हुन्छ’

‘जोकमा पनि पटकथाको संरचना हुन्छ’

बलिउड लेखक अन्जुम राजाबलीले जोकमा पनि पटकथाको संरचना हुने बताएका छन् । दुई दिने कार्यशालाका लागि बुधबार नेपाल आएका उनले...

कौमार्य कथामा ‘मिस्टर भर्जिन’

कौमार्य कथामा ‘मिस्टर भर्जिन’

समाजमा सार्वजनिक चर्चाका लागि निषेध जस्तै मानिने यौन सम्बन्धी विषयलाई लिएर  ‘मिष्टर भर्जिन’ शीर्षकको फिल्म बन्ने भएको छ । बुधबार...

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

आगामी माघ ४ गते रिलिज हुन लागेको फिल्म ‘पिँजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ सार्वजनिक...