मुम्बई- बलिउड अभिनेत्री परिणिती चोपडा यतिबेला ऊँटीमा अभिनेता अजय देवगनसँग फिल्म 'गोलमाल अगेन'को सुटिङमा व्यस्त छिन्। निर्देशक रोहित सेठ्ठीको निर्देशनमा बनिरहेको यो फिल्ममा अभिनेता अजयसँग काम गर्न पाउँदा खुसी छिन्। आफ्नो निजी जीवनका बारेमा कहिल्यै पनि मुख नखोलेकी उनले आफू सम्बन्धमा रहेपछि मात्र बोल्ने बताएकी छिन्।
उनले अभिनेत्री दिदी प्रियंका चोपडासँग अभिनयको चाहना व्यक्त गरेकी छिन्। 'दिदीसँग फिल्ममा सँगै स्त्रि्कन सेयर गर्नु मेरा लागि सपना हो। त्यो सपना पूरा भयो भने मेरा लागि झन् रमाइलो क्षण हुनेछ,' उनले भनेकी छिन्।
परिणितीले आफ्ना लागि निजी जीवन र सम्बन्ध दुवै बराबर भए पनि हालको समयमा कामलाई नै बढी जोड दिएको बताइन्। उनले स्कुल समयको प्रेमलाई पनि स्मरण गरेकी छिन्। 'म २२ वर्षको छँदा पहिलोपटक प्रेममा परें। त्यो पहिलो प्रेम म कहिल्यै पनि बिर्सन सक्दिन,' उनले भनेकी छिन्, 'त्यो प्रेमले मेरो जीवनमा धेरै परिवर्तन ल्याइदियो। अहिले म जुन अवस्थामा छु, त्यसको कारण नै त्यो प्रेम थियो।'
प्रकाशित: ६ असार २०७४ ०४:०९ मंगलबार