७ वैशाख २०८१ शुक्रबार
समाज

एसिड आक्रमणकारी अझै पक्राउ परेनन्

काठमाडौं- दक्षिण ललितपुरको प्युटारका ९ वर्षिय बालक करण तामाङमाथि एसिड प्रहार गरी फरार भएका अभियुक्तलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। गत जेठ ८ गते अपरिचित समूहले उनीमाथि एसिड आक्रमण गरेको थियो। एसिड आक्रमणबाट घाइते भएका करणको स्वास्थ्यमा अहिले सुधार आएको छ। महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भएर डाक्टरको सल्लाह बमोजिम ५ दिनअघि उनलाई अस्पतालबाट डिर्सचार्ज गरिएको उनका आफन्तले जानकारी दिए। मुखभित्र एसिड परेका कारण उनी उपचारपछि पनि बोल्न सक्ने अवस्थामा छैनन्। उपचारमा संलग्न डाक्टर संगिता शाक्य का अनुसार उनी बोल्न सक्ने हुनका लागि अझै एक महिनाको समय लाग्छ।

घटनामा संलग्न १२ बर्षका किष्ट विकलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। उनलाई आफन्तको पहलमा पक्राउ गरेको थियो। तर अन्य फरार व्यक्तिलाई भने अझै समातिएको छैन। ‘बच्चाको मुखमा एसिड खन्याउनेलाई जसरी पनि कारबाहि हुनुपर्छ,’ उनले भने, ‘तर राजनीतिक दबाबका कारण प्रहरीले खुलेर अनुसन्धान गरेको छैन’ स्थानीय श्याम तामाङले भने। उनले एसिड आक्रमणबारे महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी बम बहादुर भण्डारीलाई जानकारी गराएपछि ललितपुर प्रहरीले आक्रमणकारीको खोजीतर्फ सक्रियता बढाएको छ। प्रहरीका अनुसार एसिड आक्रमणमा तीनजनाभन्दा बढी व्यक्ति संलग्न भएको प्रहरीले अनुमान गरेको छ। आक्रमणकारीहरुको चौतर्फी खोजी गरेको ललितपुरका प्रहरी प्रमुख ठूले राइले जानकारी दिए। आक्रमणमा संलग्न विकलाई प्रहरी नियन्त्रणमा राखिएको छ। ‘घटनाको अनुसन्धान गर्न हामीले प्रहरी परिचालन गरेका छौं, एकजनालाई समातेका छौं,’ उनले भने, ‘फरार भएका अन्य व्यक्तिलाई केही दिनमै फेला पार्छौं।’

करणका दाई किरण तामाङका अनुसार जेठ ८ गते करण स्कूलबाट फर्किएपछि खेल्न भन्दै साथीहरुसँग बाहिर निस्केका थिए। खेल्न निस्कने क्रममा करणलाई तीन अपरिचित व्यक्तिले मुखमा एसिड हालेका थिए।

प्रकाशित: ६ असार २०७४ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App