coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

श्रीमान श्रीमती नै गाउँपालिका प्रमुखको उम्मेदवार

काठमाडौं-  ओखलढुंगामा श्रीमान् श्रीमती दुबै जना गाउँपालिका प्रमुखमा उम्मेदारी दिएका छन्।

माओवादी केन्द्रका नेता खड्गा योगी 'अनिल' र उनकी पत्नि चम्पा कार्कीले गाउँपालिका प्रमुखको उम्मेरदारी दिएका हुन्।

अनिलले लिखु गाउँपालिका र चम्पाले सुनकोशी गाउँपालिका प्रमुख पदमा उम्मेद्वार दिएका हुन्।

माओवादी 'जनयुद्ध' कालदेखि नै दम्पती माओवादीमा सक्रिय छन् । चम्पाले द्वन्द्धकै क्रममा हात समेत गुमाएकी छिन् । संविधानसभाको पछिल्लो निर्वाचनमा समानुपातिक तर्फकी उम्मेदवार समेत थिइन् चम्पा। चम्पा आफ्नो माइतीघरको गाउँपालिकाबाट चुनावी मैदानमा उत्रिएकी हुन्।

ओखलढुंगाको जिल्ला नेतृत्व सम्हालिसकेका योगी र उनकी दम्पती चम्पा दुबै जना आ–आफ्नै क्षेत्रमा घरदैलो अभियानमा छन् यतीबेला । उनीहरु दुबै जना आफ्नो क्षेत्र जित्नमो विश्वासका साथ चुनावी प्रचारप्रसारमा छन् ।

पार्टीमा सशक्त नेताहरु हुँदाहुँदै पनि अनिल र चम्पा क्षमता र संगठनको विश्वासकै कारण उम्मेद्वारको रुपमा छनौट गरेको माओवादीका पोलिटब्यूरो सदस्य बाबुराम गौतमले बताए। द्वन्द्धकालमै क्षत्रि समुदायकी चम्पा र सिमान्तकृत समुदायका जोगी थरका अनिलको बिहे हुँदादेखि नै उनीहरु पार्टीमा समेत लोकप्रिय र चर्चित थिए।

प्रकाशित: ६ असार २०७४ १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App