काठमाडौं- बाल अधिकार सम्वन्धि काम गर्ने अन्तराष्ट्रिय संस्था प्लान इन्टरनेशनलले दक्षिण एसियामा बालबालिकाको अधिकार र किशोरीहरुको समानता अभिवृद्धिको लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अंग सार्क लसँग साझेदारी गर्ने भएको छ।
मंगलबार औपचारिक घोषणा गरिएको साझेदारीले बालबालिकाको अधिकार कार्यान्वयन, प्रवद्र्धन र संरक्षणका लागि क्षेत्रीय कानून, राष्ट्रिय कानून, नीतिहरु र नियामक संरचनाहरुको सुधार गर्न तथा उनीहरुवीचको सामन्जस्यता कायम गर्न दक्षिण एसियाका कानूनी समुदाय र नागरिक संस्थावीचको प्रयासलाई मजवुत गराउने जनाइएको छ।
किशोरी र महिलाको न्याय र समानतामा जोड दिंदै साझेदारीले दक्षिण एसियामा लाखौं बालबालिकाको जीवनलाई प्रभावित गरिरहेका बालविवाह र दवावमा गरिने पैरवीका लागि सहयोग विश्वास गरिएको छ। गर्नेछ ।
“लाखौं बालबालिकाको मानव अधिकार विपरितको विभेद र गरिवीका वास्तविक कारणहरुको सामना गर्न हामी दरिलो साझेदारीको महत्वमा विश्वास गर्छौं, सार्क लसँग काम गर्दै हामी दक्षिण एसियामा बालबालिकाको जीवनलाई समानता, न्याय र आत्मसम्मानसहित अघि बढाउने सुनिश्चित गर्न कानूनी र नीतिगत परिवर्तनका लागि संयुक्त रुपमा प्रयत्नलाई बढावा दिनेछौं ”, नेपालस्थित प्लान इन्टरनेशनलका राष्ट्रिय निर्देशक स्भेन कोपेन्स्को भनाई छ।
प्रकाशित: ६ असार २०७४ १३:५६ मंगलबार