coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आर्मीलाई बजाजको प्रायोजन

काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी त्रिभुवन आर्मी क्लबको फुटबल टोलीसँग प्रायोजकका रूपमा आबद्ध भएको छ।

बजाज पल्सर मोटरसाइकलको नाममा हंसराज हुलासचन्दले त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष फुटबल टोलीलाई वार्षिक २५ लाख रुपैयाँबराबरको खेलसामग्री उपलब्ध गराउने गरी मंगलबार तीन वर्षका लागि प्रायोजन सम्झौता गरेको छ। सम्झौतापत्रमा आर्मीका तर्फबाट सैनिक तथा तालिम केन्द्रका उपरथी देवकुमार सुवेदी र पल्सरको अधिकृत विक्रेता हंसराज हुलासचन्द प्रालिका उपप्रमुख योगन गुरुङले हस्ताक्षर गरे।

सम्झौताअनुसार हंसराज हुलासचन्दले आर्मीको दुवै फुटबल टोलीका लागि वार्षिक २५ लाख रुपैयाँ बराबरको खेलसामाग्री प्रदान गर्नेछ भने आर्मीका टोलीले पल्सर बाइकको लोगो अंकित जर्सी लगाएर खेल्नेछन् । सम्झौता कार्यक्रममा हंसराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले आर्मी क्लबसँग सहकार्य गर्न पाएकोमा आफूहरू गौरवान्वित भएको बताए । ‘देशकै बलियो र मुख्य फुटबल क्लबसँग नयाँ सम्बन्ध बनाउन पाएकोमा हामी गौरवान्वित छौं । त्रिभुवन आर्मी फुटबल क्लब नेपालको प्रतिष्ठित र शीर्ष क्लबमध्ये एक हो । बजाज पल्सर पनि नेपालमा सबभन्दा धेरै बिक्री हुने मोटरसाइकल हो । त्यसैले यो सम्बन्ध अर्थपूर्ण छ,’ गोल्छाले भने, ‘यो नयाँ साथ र सहकार्य त्रिभुवन आर्मी क्लबलाई नेपाली फुटबलमा अझै ठूलठूला सफलताको बाटोमा डो¥याउन प्रेरणादायी हुने हामीले विश्वास लिएका छौं ।’

गोल्छाले हंसराज एन्ड हुलासचन्द कम्पनीको खेलकुदमा निकै गहिरो लगाव रहेको बताउँदै यसअघि जावलाखेल युथ क्लबलाई प्रायोजन गरेको स्मरण गरे । ‘यसअघि हामीले जावलाखेललाई प्रायोजन गरेका थियौं । यसपालि अझै राम्रो फुटबल खेलिरहेको आर्मीजस्तो बलियो टिमसँग जोडिएका छौं । आर्मीको टोली घरेलु फुटबलमा राम्रो गरिरहेको टोली हो । साथमा आर्मीका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपालका लागि राम्रो प्रदर्शन गर्दै आएका छन्,’ गोल्छाले भने, ‘नेपाली फुटबललाई अन्तर्राष्ट्रिय जगत्मा अझ राम्रो गर्नका लागि हाम्रो सहयोगको पनि योगदान रहोस् भन्ने हामी चाहन्छौं ।’

सम्झौता कार्यक्रममा बजाज पल्सरका तर्फबाट गोल्छा तथा आर्मीको पुरुष टोलीका कप्तान भरत खवास, महिला टोलीकी कप्तान अन्जली वाइवा तथा उपरथी सुवेदीले टोलीको जर्सी प्रदर्शन गरे ।

नेपाली सेनाका उपरथी सुवेदीले बजाज पल्सरको साथबाट त्रिभुवन आर्मी क्लबका दुवै टोलीलाई अझ राम्रो प्रदर्शनका लागि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । हंसराज एन्ड हुलासचन्द कम्पनीलाई प्रायोजनका लागि धन्यवाद दिँदै उनले फुटबल टोलीका लागि अन्य प्रायोजकहरू पनि इच्छुक रहे आफूहरू स्वागतका लागि तयार रहेको बताए । 

बजाजले आर्मी क्लबका महिला तथा पुरुष फुटबल टोलीलाई वार्षिक २५ लाख रुपैयाँबराबरको खेलसामग्री उपलब्ध गराउने गरी मंगलबार तीन वर्षका लागि प्रायोजन सम्झौता गरेको छ।

प्रकाशित: ७ असार २०७४ ०४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App