७ वैशाख २०८१ शुक्रबार
खेल

श्रीलंकन लायन्सको जितमा निशान नायक

एसियन प्रिमियर लिगअन्तर्गत मंगलबार भएको खेलमा अफगानिस्तान बुल्सका राना नाभेद बंगलादेश टाइगरविरुद्ध बलिङ गर्दै। तस्बिर सौजन्य: कौशल अधिकारी

काठमाडौं– निशान समरकोडेको अलराउन्ड प्रदर्शनप्रेरित श्रीलंकन लायन्सले मंगलबार इन्डियन स्टार्सलाई ५३ रनले हराउँदै एसिएयन प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ ।
श्रीलंकाको जितमा समरकोडेले अर्धशतक पूरा गर्नुका साथै तीन विकेट लिएका थिए । समरकोडेले ५४ रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको श्रीलंकन लायन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रनको योगफल बनाएको थियो ।
श्रीलंकन लायन्सका लागि समरकोडेले ४४ बलमा ५९ बनाए  भने विश्व गायासनले २९ बलमा ३३ रन जोडे । त्यस्तै दिनेश नकर्नीले २० बलमा ३० रन बनाए ।
समरकोडे र करण वालिएले समान ३÷३ विकेट लिएपछि १ सय ५५ रनको लक्ष्य पछ्याएको इन्डियन स्टार्सले १५ ओभरमा १ सय १ रन बनाउँदा सबै विकेट गुमायो ।
श्रीलंकन लायन्सका समरकोडेले १५ रन दिएर ३ विकेट लिँदा करणले  ७ रन दिएर ३ विकेट लिए। आकाश गौटलले २१ रन दिएर २ विकेट लिए ।
मंगलबारै भएको पहिलो खेलमा बंगलादेश टाइगरले अफगानिस्तान बुल्सलाई ३ रनले पराजित गर्‍यो ।
वर्षाका कारण १८ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको बंगलादेश टाइगरले ८ विकेट गुमाएर १ सय १ रनको योगफल बनायो ।
बंगलादेशका लागि क्वाजी जिसन अहमदले २७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । १ सय २ रनको लक्ष्य पछ्याएको अफगानिस्तान बुल्सले ७ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।

प्रकाशित: ७ असार २०७४ ०४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App