७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बारूदी सुरूङमा परी एक पत्रकारकाे मृत्यु, दुर्इ घाइते

इराक – इराकको युद्धग्रस्त शहर मोफसुलमा एक फ्रान्सेली पत्रकार मारिएका छन् भने दुई घाइते भएका फ्रान्सेली सञ्चार माध्यमहरूले जनाएका छन् ।

 फ्रान्सेली पत्रकार स्टेफन भिलेनुउभेको बारूदी सुरूङमा परी मृत्यु भएको हो । उनको उपचारको क्रममा अस्पतालामा मृत्यु भएको थियो । केही समय अगाडि सोही यद्धग्रस्त क्षेत्रमा एक कुर्दिस पत्रकार पनि मारिएका थिए । सञ्चार माध्यमका पत्रकार तथा कर्मचारीहरूले उनी प्रति समवेदना व्यक्त गरेका छन् ।

पत्रकार स्टेफनका ४ छोराछोरी रहेको सञ्चार माध्यमहरूले जनाएका छन् । दुर्घटनामा घाइते दुई पत्रकारहरूको अमेरिकाको सैनिक शिविर अस्पतालमा उपचार भइरहेको सञ्चार माध्यमहरूमा उल्लेख छ। 

प्रकाशित: ७ असार २०७४ ०६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App