coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हुस्सुका कारण लुक्लामा पर्यटक अलपत्र

सोलुखुम्बु – बाक्लो हुस्सु र लगातारको वर्षाका कारण लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा छ दिनदेखि उडान अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । 

यही असार १ गते विमानस्थलमा जहाज अवतरण भएको थियो । त्यसयता कुनै पनि उडान हुन नसकेको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले जानकारी दिए। तारा एअरको २० भन्दा बढी उडान स्थगित भएको छ । अन्य एअरलाइन्सले समेत सबै उडान स्थगन गरेका छन् । 

उडान नहुँदा सगरमाथा क्षेत्रको भ्रमण गरेर फर्कन लागेका करिब एक सय भन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक लुक्लामै रोकिएका छन् । लामो समयसम्मको उडान अवरुद्धका कारण केही विदेशी तथा नेपाली पर्यटकले फाप्लुसम्म पैदल यात्रा गरेका शेर्पाले बताए। 

लुक्लाबाट फाप्लु आइपुग्न सामान्यतया तीन दिनको पैदलयात्रा गर्नुपर्छ । बाटो निकै असहज छ । लुक्लामा हेलिकोप्टरसमेत अवतरण गर्न नसक्दा पर्यटक निकै मारमा परेका छन् । लामो समयसम्म विमानस्थल अवरुद्ध भएपछि लुक्ला र नाम्चेलगायत क्षेत्रका लागि काठमाडौँबाट ल्याइने तरकारी, अन्डा, मासुलगायत उपभोग्य वस्तुको अभाव भएको लुक्लाका व्यवसायी आङ दोर्जी शेर्पाले बताए। रासस 

प्रकाशित: ७ असार २०७४ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App