coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोटमै देउवाको योग

कोट लगाएर योग अभ्यास गर्दै प्रधानमन्त्री देउवा (बीच)। तस्विर सौजन्य : देउवाको ट्विटर

काठमाडौं—अन्तरार्ष्ट्रिय योग दिवस अवसरमा भारतीय दूतावासले भृकुटीमण्डपमा बुधबार बिहान योग शिविर कार्यक्रम तय गरेको थियो। योगका फाइदाबारे धेरै कुरा बुझेका प्रधानमन्त्री देउवा समयमै कार्यक्रमस्थलमा पुगे। बिहानै वर्षा भइरहँदा कार्यक्रमका आगन्तुकलाई अप्ठ्यारो पर्‍यो।

प्रधानमन्त्री देउवाले लवेदा सुरुवाल कोट लगाएरै योग अभ्यास गरे। यसरी योग गर्दा उनको अनुहारमा सहज भाव भने देखिँदैनथ्यो।

करिब ८ बजेतिर प्रधानमन्त्री देउवा साइरन बजाउँदै कार्यक्रमस्थल आइपुगे। भारतीय राजदूत मञ्जिवसिंह पुरी त्यहाँ पहिलै उपस्थित थिए। उनले प्रमुख अतिथि प्रधानमन्त्री देउवालाई स्वागत गरे। कार्यक्रममा उनले छोटो भाषण पनि गरे।

'प्रधानमन्त्री देउवाले योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने भएकाले यसलाई विद्यालय तहदेखि अभ्यास गराउनुपर्छ', उनले भने, 'योग अभ्यासले मानिसलाई कुलतबाट मुक्ति दिन्छ, आनन्द दिन्छ। बालबालिकाले सुरु गरे भने उनीहरुको शिक्षालाई पनि सहयोग पुग्छ।’

प्रधानमन्त्रीले कार्यक्रममा योगसम्बन्धी आचार्य बालकृष्णद्वारा लिखित ‘दैनन्दिन योगाभ्यास’ र भारतीय दूतावासले प्रकाशन गरेको ‘योग सन्देश’ पुस्तक विमोचन गरे। कार्यक्रममा उपस्थितहरुले दैनिक योग अभ्यास गर्ने वाचा गरेका थिए। प्रधानमन्त्री देउवाले लवेदा सुरुवाल कोट लगाएरै योग अभ्यास गरे। यसरी योग गर्दा उनको अनुहारमा सहज भाव भने देखिँदैनथ्यो (हेर्नुहोस् तस्विर)।  उनीबाहेकका सहभागी भने हल्का प्यान्ट र टिसर्टमा थिए। पतञ्जलि योग समिति नेपालका लवदेव मिश्रले सहभागीलाई योग गराएका थिए।

प्रकाशित: ७ असार २०७४ ०७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App