coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उद्धारमा ज्यान गुमाएका अमेरिकी सैनिकलाई  वीरता पदक

काठमाडौं – प्रधानसेनापति राजेन्द्र क्षत्रीले महाभूकम्पमा उद्धारका लागि खटिएर ज्यान गुमाएका अमेरिकी सैनिकलाई वीरता पदक प्रदान गरेका छन । प्रधानसेनापति क्षत्रीले  नेपालमा कार्यरत अमेरिकी सैनिक सहचरी लेफटिनेन्ट कर्नेल ग्रेगोरी डि पाइप्सलाई वीरता पदक प्रदान गरेका हुन् । 

नेपाल सरकारको निर्णय अनुसार सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा मृत्यु हुने अमेरिकी तथा नेपाली सैनिकलाई वीरता पदक प्रदान गरिएको हो । 

महाभूकम्पपछि उद्धारका लागि खटिएको अमेरिकी सेनाको  युएच वन वाई ह्ुवे हेलिकप्टर  दोलखाको कालिन्चोकस्थित घोडथली भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

दुर्घटनामा अमेरिकी सेनाका पाईलट क्याप्टेन क्रिस्टोफर एल नोग्रेन, क्याप्टेन डस्टिनन लुकासेजेक, वार्ड जोहन्सन, इरिक सिम्यान,, सरा मेडिना, सिन माईकल ब्राटन  र नेपाली सेनाका तत्कालिन सह सेनानी तपेन्द्र बहादुर रावल र जमदार बसन्त बहादुर तितराले वीरगति प्राप्त गरेका थिए । 

प्रकाशित: ७ असार २०७४ ०९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App