एजेन्सी – द्वन्द्वग्रस्त देश यमनमा गत अप्रिल महिनाबाट फैलिएको माहामारी हैजाका कारण मृत्यु हुनेहरूको संख्या ११ सय नाघेको विश्व स्वास्थ्य संगठनले बताएको छ।
प्रकोपबाट अन्य करिब २ लाख संख्यामा घरपरिवारहरू प्रभावित भएको विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको एक तथ्यांकमा उल्लेख गरिएको छ ।
यमनमा रहेका २३ प्रान्तहरू मध्ये २० प्रान्तका मानिसहरू हैजाको महामारीबाट प्रभावित भएको संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ ।
युनिसेफले हैजाको महामारी अझै बढ्न सक्ने अनुमान गरेको छ । विभिन्न २० प्रान्तहरूमा फैलिएको महामारी अझै बढेर पछिल्लो ६ महिनामा हैजा प्रभावितहरूको संख्या ३ लाख पुग्न सक्ने अनुमान विश्व स्वास्थ्य संगठनको रहेको छ ।
प्रकाशित: ७ असार २०७४ १०:१४ बुधबार