६ वैशाख २०८१ बिहीबार
समाज

भूकम्पपीडितलाई ट्याक्सी नम्बर प्लेट वितरण

काठमाडौं- यातायात व्यवस्था विभागले तीन जिल्लाका भूकम्पपीडितलाई ट्याक्सी नम्बर प्लेट वितरण गरेको छ। विभागलेे बुधबार च्यासल फुटबल मैदान ललितपुरमा गोलप्रथाद्वारा नुवाकोट, काभ्रे र रापेछापका ४ सय ९१ जना भूकम्पपीडितलाई नम्बर प्लेट वितरण गरेको हो।

 विभागले उपभोक्ता अधिकारकर्मी, जिल्ला प्रशासनका प्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा गोलाप्रथाबाट नम्बर प्लेेेट वितरण गरेको हो। विभागका महानिर्देशक रूपनारायण भट्टराईले पारदर्शी र निष्पक्ष ढंगले गोलाप्रथाद्वारा नम्बर प्लेट वितरण गरिएको बताए। विभागका अनुसार नुवाकोटका भूकम्प प्रभावितलाई १ सय २५, काभ्रेका २ सय र रामेछापका १ सय ६५ जनालाई गोलाप्रथाबाट नम्बर प्लेट वितरण गरिएको छ । 'नम्बर प्लेट पाएकाले नयाँ ट्याक्सीमा बिलिङ मिटर जडान गरेर ६ महिनाभित्र गाडी दर्ता गरिसक्नुपर्ने महानिर्देशक भट्टराईले बताए।

यातयात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले गोलाप्रथाबाट बुधबार, बिहीबार र शुक्रबार १४ जिल्लाका भूकम्पपीडितलाई १५ सय ट्याक्सीको नम्बर प्लेट  वितरण गरिने जानकारी दिए। बिहीबार दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका ५ सय १३ पीडितलाई ट्याक्सी नम्बर प्लेट वितरण गरिनेछ।

 शुक्रबार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका भूकम्पपीडितलाई ४ सय ९६ वटा ट्याक्सी नम्बर गोलाप्रथाबाट वितरण गरिनेछ। गत साउन ५ देखि भदौ ५ गते सम्म १ लाख ४९ हजार ५ सय भूकम्पपीडितले ट्याक्सी नम्बर प्लेटका लागि आवेदन दिएका थिए।

अहिले काठमाडौं उपत्यकामा ८ हजार ५ सय  ट्याक्सी गुड्दै आएका छन् । 

प्रकाशित: ८ असार २०७४ ०३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App