७ वैशाख २०८१ शुक्रबार
समाज

रामदेवका औषधि गुणस्तरहीन

काठमाडौं- योग गुरु रामदेवद्वारा सञ्चालित पतञ्जली आयुर्वेदिक केन्द्रद्वारा उत्पादित ६ प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन रहेको भेटिएको छ। औषधि व्यवस्था विभागले ल्याब परीक्षण गर्ने क्रममा पतञ्जलीका उक्त औषधिहरु गुणस्तरहीन भएको प्रमाणित भएको हो।

पतञ्जलीका औषधिहरुमा प्रतिवन्ध लगाइएका अम्ला चुर्ना, दिब्या गशार चुर्ना, बकुची चुर्ना, त्रिफला चुर्ना, अश्वागन्धा चुर्ना र अदिव्या चुर्ना रहेका छन्।

पतञ्जलीका केन्द्रबाट उत्पादित औषधि गुणस्तरहीन भेटिएपछि विभागले ती औषधि बिक्री वितरणमा रोक लगाएको छ। पतञ्जलीका ती औषधिसहित सात प्रकारका भारतीय औषधि पनि बिक्री वितरणमा रोक लगाएको विभागले जानकारी दिएको छ। यसअघि पनि विभागले पतञ्जलीद्वारा उत्पादित चार प्रकारका औषधि बिक्रीमा रोक लगाएको थियो।

विभागका प्रवक्ता सन्तोष केसीले पतञ्जलीद्वारा उत्पादन गरिएको त्रिफला लगायत चुर्ण वर्गका आयुर्वेदिक औषधि ल्याब परिक्षणका क्रममा गुणस्तरहीन भेटिएको बताए। 'गुणस्तर जाँचमा फेल भएका ब्याचका औषधि बिक्री रोक्न र तत्काल फिर्ता लिन पतञ्जलीलाई निर्देशन दिएका छौं,' प्रवक्ता केसीले भने, 'साथै बिक्रीका लागि बजारमा रहेको औषधि फिर्ता गर्न कम्पनी  र विक्रेताले निर्देशन दिइएको छ।'

प्रवक्ता केसीका अनुसार चुर्ण वर्गका औषधिमा आवश्यक मापदण्ड मात्रै होइन क्वालिटी पनि छैन। उक्त औषधि सेवनले उपचारभन्दा झाडा पखाला गराउने उनको भनाइ छ। उनका अनुसार परीक्षण गरिएको औषधिमा सुक्ष्म जिवाणु माइक्रो अर्गानिक भेटिएको छ। त्यस्ता औषधिले सेवनकर्ताको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने भएकाले बजारमा बिक्री गर्न रोक लागाइएको उनको भनाइ छ।

प्रतिबन्ध लगाइएका पतञ्जलीका औषधिमा अम्ला चुर्ना, दिब्या गशार चुर्ना, बकुची चुर्ना, त्रिफला चुर्ना, अश्वागन्धा चुर्ना र अदिव्या चुर्ना रहेका छन्। त्यस्तै, अर्को एक भारतीय औषधि कम्पनी माइक्रोल्याब लिमिटेड, यांकल तालुकको ब्याक्टोक्ल्याभ औषधि पनि विभागले प्रतिबन्ध लगाएको जनाएको छ। नेपालमा हाल पतञ्जली आयुर्वेदिक केन्द्रद्वारा उत्पादित एक सय १० प्रकारका औषधि विक्री वितरणका लागि स्वीकृति दिइएको बताइन्छ।

प्रकाशित: ८ असार २०७४ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App