coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल स्ट्रोमलाई सफलता

काठमाडौं- नेपाल स्ट्रोम र दुबई बारियर्सले बुधबार एसिएयन प्रिमियर लिगमा जित हासिल गरेका छन्। कीर्तिपुर क्रिकेट मैदानमा नेपाल स्ट्रोमले बंगलादेश टाइगरलाई ७ विकेटले हरायो। अर्को खेलमा दुबईले श्रीलंकन लायन्सलाई २१ रनले पराजित गर्‍यो। मंगलबार श्रीलंकन लायन्सले इन्डियन स्टार्सलाई ५३ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो।

भूपेन्द्रले अविजित रहँदै अर्धशतकको योगदान गरेपछि १ सय ४९ रनको लक्ष्य पाएको नेपाल स्ट्रोमले जित हासिल गरेको थियो। भूपेन्द्रले ३७ बलमा अविजित ५१ रन जोडेका थिए। त्यस्तै स्ट्रोमका लागि दिशान्त यादवले ४६ रनको योगदान गरे। ३५ बलको सामना गरेर टोलीको स्कोर बढाइरहेका बेला दिशान्त पवन कुमारबाट बोल्ड भएका थिए। ओपनर पवन चण्डालले २३ र गौरव बाराबाढीले ११ रन बनाएका थिए।

बंगलादेशका पवन कुमारले २ विकेट र संकेत साहुले १ विकेट लिए। ४ ओभर बलिङ गरेका पवनले १९ रन खर्चेका थिए। 

त्यसअघि सुरुआतमा ब्याटिङ गरेको बंगलादेशले १९.१ ओभर अलआउट हुँदा १ सय ४८ रन जोडेको थियो। बंगलादेशका लागि रमेश पंचलले सर्वाधिक ३० रन बनाए। सन्जोग बानियाले  २७ रन जोडे। नेपाल स्ट्रोमका मालविन्डरले सर्वाधिक ३ विकेट लिए। हसिब अमजाद, गौरव बाराबाडी र दिशान्त यादवले २/२ विकेट लिए।

यसै गरी अर्को खेलमा सुरुआतमा ब्याटिङ गरेको दुबईले ९ विकेटको नोक्सानीमा १ सय ८९ रन जोडेको थियो। जबाफमा श्रीलंकनले ३ विकेटको नोक्सानीमा १ सय ६८ रन मात्र जोड्न सक्यो।

दुबईका लागि ओपनर ए साहकोर र दावुड इजाजले समान ५६ रन बनाए। अर्का ओपनर रवि भेर्माले ३० रनको योगदान गरेका थिए।

जबाफमा पूरा ओभर खेले पनि श्रीलंकनले लक्ष्य भने हासिल गर्न सकेन। श्रीलंकनका लागि डी नाकरानीले सर्वाधिक ७२ र ओपनर एन सामारा ककोडेले ६३ रन जोडेका थिए।

प्रकाशित: ८ असार २०७४ ०४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App