८ वैशाख २०८१ शनिबार
खेल

टेबलटेनिस संघको चुनावमा विवाद

काठमाडौं- प्रतिनिधि छान्ने विवादपछि अखिल नेपाल टेबलटेनिस संघको छैटौं साधारणसभा बुधबार बन्द सत्रमा प्रवेश नै नगरी स्थगित भएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खटाएको निर्वाचिन समिति प्रमुख डेमबहादुर बस्नेतले प्रतिनिधिका विषयमा विवाद परेको कारण देखाउँदै सूचना जारी गरी साधारणसभा स्थगित गरिएको जनाएका छन्।

वर्तमान अध्यक्ष चतुरानन्द राजवैद्य र टेबलटेनिसका पूर्वमुख्य प्रशिक्षक विजेन्द्र हमालको फरक प्यानलले निर्वाचन लड्ने तयारी गरे पनि नयाँ जिल्लाको प्रतिनिधिका विषयमा विवाद हुँदा साधारण रोकिएको बताइएको छ।

पुराना २६ जिल्ला नभई थप गरिएका जिल्ला र प्रतिनिधिका विषयमा विवाद भएपछि साधारणसभा स्थागित भएको हो। अध्यक्ष वैद्यले भने, 'सबै प्रक्रिया पूरा गरेर गठन भएका जिल्ला र त्यसका प्रतिनिधिबारे विवाद भएपछि साधारणसभा रोकिएको हो। राखेपले त्यसको अध्ययन गरेपछि सम्भवतः नयाँ निर्वाचन तय हुनसक्छ।'

तर, वैद्यको समितिमा उपाध्यक्ष रहेका हमालले केन्द्रीय समितिमा अनुमोदन नभएका जिल्ला थप गरिएकाले विवाद भएको जनाए। '२६ जिल्ला, २ क्षेत्र र खेलाडी, प्रशिक्षक, निर्णायक लगायत विधानले व्यवस्था गरेका ८२ प्रतिनिधि हुन्,' उनको आरोप थियो, 'आजै अध्यक्षज्यूले १५ जिल्ला थपेर नामावली बुझाएपछि विवाद भएको हो।' 

राखेप सदस्यसचिव केशवकुमार विष्टले उद्घाटन गरेको साधारणसभा बन्द सत्रमा प्रवेश गर्न पाएन। बन्द सत्रअघि नै प्रतिनिधि विवाद भएको र स्थगित गरिएको अध्यक्ष वैद्यले जानकारी दिए।

राखेपले खटाएको निर्वाचन समिति फर्केपछि साधारणसभाका ५८ जनाको भेलाले आफ्नो अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित भएको हमालको दाबी थियो। समितिमा निलम श्रेष्ठ र सुमन शाक्य उपाध्यक्ष, कुवेरप्रकाश सिंह महासचिव, राजेन्द्र दुलाल सचिव र जयन्त बास्तोला कोषाध्यक्ष तथा प्रशान्त श्रेष्ठ, अभिषेक ढुंगाना, पुरुषोत्तम सुवेदी, नवीनबहादुर सिंह, लक्ष्मी गौतम पौडेल सदस्यमा निर्वाचत भएको हमालले दाबी गरेका छन्।

प्रकाशित: ६ श्रावण २०७३ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App